• गायनमा आशालाग्दो प्रतिभा योगेश (भिडियो पनि)

    म्यूजिक खबर
    प्रकाशित: १२ मंसिर २०७३, आईतवार

    yogesh-mahat

    काठमाण्डौ । नेपाली गीत संगीतको क्षेत्रमा प्रतिभाशाली गायकको आगमन भएको छ । पेशाले बेलायतमा डेन्टल नर्स योगेश महत संगीतप्रतिको लगाव र रुचीका नेपालको सांगीतिक धरातलमा भित्रीएका छन् । योगेशको कर्णप्रिय स्वर रहेको ‘हाँसी हाँसी त्यो नजरले’ यतिबेला संगीत अनुरागीको रोजाईमा परेको छ । अहिलेकी चर्चित अनि लोकप्रिय गायिका मिलन अमात्यसँग योगेशले गाएको उक्त गीत मार्फत योगेशले गायन क्षेत्रमा करियर बनाउने सम्भावना देखिन्छ ।

    रिलिज भएको तेश्रो हप्तासम्मा उक्त गीतलाई साढे दुई लाख बढि श्रोता दर्शकले यूटयुब मार्फत हेरिसकेका छन् । यसरी छोटो समयमा श्रोताको रोजाईमा पर्दै गएको उक्त गीतको भिवर्सले हौसिएका योगेशले भने, ‘दर्शक श्रोताको सकारात्मक प्रतिक्रियाले अब गीत संगीतमा पनि करिअर बनाउने प्रेरणा मिलेको छ ।’

    योगेश महतले प्रोडक्सन गरेको उक्त मार्मिक गीत मनोज लामिछानेले लेखेका हुन् भने बब्बु प्रधानले संगीत संयोजन साथै शिखर सन्तोषले संगीत भरेका छन् । म्यूजिक नेपालले बजारमा ल्याएको उक्त पप विद्याको गीतको म्यूजिक भिडियोमा नायिका केकी अधिकारीसंगै पुष्प खड्काको अभिनय छ । भिडियो निर्देशन निकेश खड्का, छायांकन अर्जुन तिवारी र सम्पादन निशान घिमिरेले गरेका हुन्।योगेश महतले प्रोडक्सन गरेको उक्त मार्मिक गीत मनोज लामिछानेले लेखेका हुन् भने बब्बु प्रधानले संगीत संयोजन साथै शिखर सन्तोषले संगीत भरेका छन् ।

    गायिका मिलन अमात्यसँग योगेशले गाएको उक्त गीतको भिडियो  हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु