• गायिका अर्पणा श्रेष्ठको नयाँ गीतमा सुगम पोखरेल

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०७३, बिहीबार

    चैत २४, काठमाण्डौ । पछिल्लो समयको निकै चर्चित गायिका अर्पना श्रेष्ठ नयाँ एल्बम ”पुर्णेको जुन” लिएर बजारमा आएकी छिन । करिब ५ बर्ष पछि विश्राम पछि उनी पुन नयाँ एल्बम पुर्णेको जुनू मार्फत दर्शक श्रोता माझ आएकी छिन ।

    17813829_1425107240885440_815280991_n
    गायिका अर्पना श्रेष्ठ लाई पुर्णेको जुनमा गायक सुगम पोखरेलले साथ दिनु भएको छ । सार्वजनिक गितमा संगीत महेश ज्ञवालीको रहेको छ भने शब्द युबराज काफ्लेले दिएका छन । त्यस्तै सार्वजनिक गीतको भिडियोलाई भने सफल म्युजिक भिडियो निर्देशक सचिन थापाले निर्देशन गर्नु भएकोछ, भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । यस गीत लाई लिएर गायक सुगम पोखरेल पनि निकै आशाबादी रहेका छन , उनी भन्छन – यो गीत बाट मैले पनि निकै आशा गरेको छु, गीतले राम्रो स्थान पाउनेमा ढुक्क छु  । त्यस्तै गायिका अर्पणा श्रेष्ठले पनि भन्नू हुन्छ यो गीत मैले लामो समयको अथक प्रयास पछि निकालेको छु गीत छोटो समयमा पनि निकै हिट बनेकोमा म निकै खुशी पनि छु।

    17505912_1425107250885439_1115209032_n_1
    त्यस्तै उनि उत्साहित हुँदै भन्छिन – आफ्नो साङितिक क्षेत्रको आफुले आईडल पर्सन मान्ने सुगम पोखरेल दाजु गङ्ग गीत गाउन पाउँदा निकै खुसी पनि छु । अहिल गीत संगै भिडियोको पनि तारिफ भैरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु