• गायिका देवी घर्तीको ‘रुने मन’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

    काठमान्डौँ ।
    नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको आवाजमा रहेको ”रुने मन” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    माया र प्रेममा धोका पाएक प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुदाको पिडालाई मनमा रोपिएको पिडालाई गीतको माध्यमबाट ब्यक्त खोजिएको सुनिता पाण्डे रितुले बताइन ।प्रदेशमा रहेर समाजसेवा तथा लोकसङ्गितलाई अनि कलाकारलाई माया गर्ने धन थापाले ” रुने मन” निर्माण गरेका हुन !!

    दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”रुने मन” गीतको भिडियोमा विमल अधिकारी , रञ्जिता गुरुङ र शम्भु पोखरेलको अभिनय रहेको छ ।

    ”रुने मन” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु