गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७७, शनिबार

काठमाण्डौं ।
नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक दिपक थापा मगर र गायिका तुलसी घर्तिको आवाजमा रहेको ”रुन्छ यो मन साहै्र ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी गएको श्रीमान र स्वदेशमा परिवारको हेरविचार गरेर बसेकी श्रीमती विचको विलौनालाई गीतमा समेटिएको छ । गोविन्द योगीको शब्द तथा एम टि लोप्चनको लय सिर्जना गीतमा रहेको छ । महेश महराको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा दिपक थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ”रुन्छ यो मन साहै्र ” गीतको भिडियोमा राज कुमार श्रेष्ठ र साइना श्रेष्ठको अभिनय रहेको छ ।
”रुन्छ यो मन साहै्र ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु