केकी र प्रकाशको ”ए माइली” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७७, शनिबार

काठमाडौं–
नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अभिनित गायिका अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा रहेको ”ए माइली” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ ।

रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा लाई गीतमा ब्यक्त गरिएको छ । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरालीको मिक्सिङ गीतमा छ ।

शुशिल डाँगीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा पछिल्लो समयमा चर्चाको शिखरमा रहेका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”ए माइली” गीतको भिडियोमा बालकलाकारको रुपमा अनुरोध थापा र न्यायधिष विक्रम शाहीको अभिनय रहेको छ ।

”ए माइली” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु