• गायिका पुनमले लिएर आईन् रुवाउने गीत ‘म हुँ निश्चल कोपिला’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २३ जेष्ठ २०७४, मंगलवार

    जेठ २३, काठमाडौँ । गायिका पुनम देभान्सिले ‘म हुँ निश्चल कोपिला’ भन्दै मन छुने रुवाउने गित लिएर आएकी छिन् । नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्ने छ ।

    18986290_10211524650864356_657100678_o

     

    गायिका पुनम देभान्सिको सुमधुर स्वरमा रहेको ‘म हुँ निश्चल कोपिला’लाइ निर्देशक शिब शर्माले सुन्दर रुपमा सबै नेपालीहरुलाई सामाजिक रुपमा समाजमा सकारात्मक संदेश फैलाउन मद्दत पुर्याउने खालको म्युजिक भिडियो तयार गरेका छन् । गायिका पुनम देभान्सिको शब्द तथा संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीत रहेको छ ।

    surya chand

    अभिनेत्री कबिता शर्मा, आर के मानन्धर, संचारकर्मी सुर्य चन्द , गीता नेपाल, चक्रध्वोज भण्डारीको अभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकारहरुमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियारले जिबन्त अभिनय गरेका छन् । सिद्दिका फिल्मद्वारा निर्मित म्युजिक भिडियोलाई निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन् ।

    भिडियो हेर्नुहोस:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु