• गीतकार कादम्बरी दाना र संगीतकार शंकर थापाको ‘कादम्बरी कुञ्ज’

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार

    २४ जेठ, काठमाडौं । गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजनमा तयार भएको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्यतामा वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घले लगायतको उपस्थितिमा गीतकार श्रेष्ठको ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको हो । डीएस म्यूजिकका प्रबन्ध निर्देशक डीपी खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।

     


    एल्बम निर्माणको क्रममा आफूले गरेका दुःखसुखको अनुभवहरुलाई संगीतकार शंकर थापा ‘स्माइल’ले कार्यक्रममा सुनाएका थिए । कार्यक्रममा एल्बम विमोचनको साथमा तीन वटा भिडियो समेत सार्वजनिक गरिएको थियो । जसमा लैजाउन मलाई, आमा र शुभकामना गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । डस म्यूजिकको आयोजनामा भएको उक्त कार्यक्रम चर्चित प्रस्तोता दिपक समिरले संचालन गरेका थिए ।

     


    समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई रु २१ हजार सहयोग स्वरुप प्रदान पनि गरेकी थिईन । कादम्बरी दाना श्रेष्ठको एकल रचना रहेको कादम्बरी कुञ्जभित्र शंकर थापाको एकल संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ । एल्बमत्रि मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेस छ । एल्बमलाई डस म्यूजिकले बजार व्यवस्थापन गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु