• ‘गुल्टिीयो झिल्के’ लिएर आए टंक

    म्यूजिक खबर
    प्रकाशित: २८ जेष्ठ २०७३, शुक्रबार

    गायक टंक बुढाथोकीले ट्राफिक जनचेतना फैलाउने उद्देश्यले ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ ल्याएका छन् । उक्त गीतको म्युजिक भिडियो शुक्रवार आयोजित एक कार्यक्रमको बिच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे । महाशाखामै आयोजना गरिएको उक्त कार्यक्रममा उनले गीत–संगीत पनि जनचेतना फैलाउने एउटा सशक्त माध्यम रहेको बताए । ‘यसअघि पनि यस्ता केही प्रयास भएको थिए, यो थप प्रयास हो,’ उनले भने, ‘सुरक्षित समाजको निर्माण गर्ने हाम्रो अभियानमा सहयोग गरेको सम्पुर्ण कलाकारलाई धन्यवाद ।’ मेट्रो ट्राफिक एफएमका प्रस्तोता सन्तोष सापकोटाले यो गीत लेखेका हुन् । गीतमा संगीत पनि गायक बुढाथोकीकै छ ।

    1606101913410778_1178579868858850_635459381_o

    नेपाल प्रहरी प्रधान कार्यलय श्रव्यदृश्य शाखाका प्रहरी नायब निरीक्षक सन्तोष लामा मोक्तानले भिडियोको छायांकन, सम्पादन र निर्देशन गरेका हुन् । भिडियोमा एउटा युवकले कसरी सडकमा लापरबाहीका साथ मोटरसाइकल कुदाउँछ र त्यसको परिणाम के निक्लिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । भिडियोमा सुमनसागरजंग शाही, सरु गौतम, बिवेक बजगाई, लुना गुराँगाई, अशोक कुमार निरौला आदि कलाकारले अभिनय गरेका छन् । ‘काली तिम्रो नजरैले’, ‘घण्टी बज्यो’ जस्ता डान्सिङ नम्बरमा स्वर दिएका टंकले पहिलोपल्ट ट्राफिक गीत गाएका हुन् । ‘मेट्रो ट्राफिक एफएममा अन्तरवार्ता दिन आउँदा गीतकार सन्तोषजीले गीत निकालौं भन्नुभयो,’ कार्यक्रममा गीतबारे उनले भने, ‘धेरैले निकाल्छु भनेर निकालेनन् भन्ने उहाँको गुनासो पनि थियो । यसरी सामाजिक कामसँग जोडिन मेरोचाँही सानैदेखिको चाहना हो । त्यसैले मैले यो गीत गाएको हुँ ।’ गीतलाई उनले रमाइलो पारामा गाएका छन् । भन्छन्, ‘गीतबाट दर्शकले मनोरञ्जन पनि लिउन् र सडकमा जथाभावी सवारी कुदाउनु हुन्न भन्ने सन्देश पनि सिकुन भन्ने हिसाबले यसरी गाएको हुँ ।’ कार्यक्रममा सम्पुर्ण कलाकारलाई डिआईजी अर्यालको हातबाट प्रशंसापत्र दिइएको थियो ।

    1606101813396543_1178579515525552_1836278207_o

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु