• घर्तीलाई रोल्पा कलाकार समाजको सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २३ आश्विन २०७४, सोमबार

    २३ असोज २०७४, काठमाडौं । मादल वादनको क्षेत्रमा ख्याति कमाएका पोषण घर्तीलाई रोल्पा कलाकार समाजले सम्मान गरेको छ । समाजले राजधानीको अनामनरस्थित विनायो क्याफेमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । नेपाल सरकारका सिंचाई राज्यमन्त्री अमरसिंह पुनको प्रमुख आतिथ्यतामा वाद्यवादक घर्ती र समाजको मानार्थ सदस्य लक्ष्मी आचार्यलाई सम्मान गरिएको थियो । साथै रोल्पाबाट राज्यमन्त्री बन्न सफल अमरसिंह पुनलाई पनि समाजले बधाई एवं शुभकामना प्रदान गरेको थियो ।


    सोही अवसरमा महिला तथा बालबालिका आश्रमकी लक्ष्मी सुवेदीलाई १७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । समाजसेवामा लागेर २० जना बालबच्चाको पालपोषण, शिक्षा दिक्षा दिँदै आएकी सुवेदीलाई समाजले सहयोग उठाएर हस्तान्तरण गरेको समाजकी अध्यक्ष गायिका राधिका हमालले बताइन् । समाजसेवा गर्नु हामी सबैको दायित्व भएको उनले बताइन् ।

    कार्यक्रममा समाजका सल्लाहकार गीतकार दीप दर्पण, वाद्यवादक गुरु घर्ती, समाजका कानूनी सल्लाहकार भोजराज आचार्य, गोर्खा सांस्कृतिक समाजका वरिष्ठ उपाध्यक्ष सुमन पण्डित लगायतले शुभकामना मन्तव्य दिएका थिए ।


    शुभदीपावली एवं छठको शुभकामना आदानप्रदान गर्ने उद्देश्याका साथ आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै राज्यमन्त्री पुनले समाजको लागि आफूले गर्नुपर्ने काम के हो लिएर आउँदै सदैव तप्पर रहेको बताउँदै कलासंस्कृतिको क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै समाजका अध्यक्ष राधिका हमालले रोल्पा कलाकार समाज सबै कलासंस्कृतिमा लाग्ने रोल्पालीहरुको साझा संस्था भएको उल्लेख गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु