
कतार। कतारमा सुपरस्टार नाइट धमाका आयोजना हुने भएको छ। जुन २६ र २७ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्राण्ड मल सनायामा आई बोस ग्लोवल कम्पनीको प्रस्तुतिमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएकाे छ।
विमल कुमार, कुसेश्वर शाह, सनम थापाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन। २ दिन गरिने च्यारिटीमा पहिलो दिन नेपाली र दोश्रो दिन मैथिली भोजपुरी सांगीतिक तथा सांस्कृतिक धमाका हुने आयोजनकले जनाएको छ।
कार्यक्रममा कलाकार दिपकराज गिरी,दीपाश्री निरौला, प्रियंका कार्की, साहिमा श्रेष्ठ, रश्मी तामाङ, सेलिना कुवर, मेलिना राई दुर्गेश थापा, भोजपुरी चलचित्र जगतका लोकप्रिय कलाकार सन्तोष राज, रानी चटर्जि, राकेश मिश्रा, सुनिल छैला बिहारी, ग्लोरी महन्ता,कल्पना साह लगायतको उपस्थिति रहने छ।