नेपालकी प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०८३, बिहीबार २३:५८

काठमाडौं । मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन् । हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो उपलब्धि हासिल गरेकी हुन् ।

प्रतियोगितामा प्राचीले चौथो रनरअपको उपाधिसँगै ‘क्विन अफ एजुकेसन’ को विशेष सबटाइटलसमेत प्राप्त गरेकी छिन् । शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा महिलालाई शिक्षामार्फत सशक्त बनाउने विषयमा उनको प्रतिबद्धतालाई सम्मान गर्दै उक्त उपाधि प्रदान गरिएको बताइएको छ ।

प्रतियोगिताको क्रममा प्राचीले आत्मविश्वास, शालीनता, दृढता र उद्देश्यपूर्ण प्रस्तुतिमार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनको सहभागिताले व्यक्तिगत उपलब्धिसँगै अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको उपस्थितिलाई समेत थप बलियो बनाएको हाउस अफ फेसन नेपालले जनाएको छ ।

प्राचीको यो सफलतालाई नेपाली महिलाका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ । आफ्ना सीमालाई तोड्दै आत्मविश्वासका साथ अघि बढ्न, आफ्नो लक्ष्य पछ्याउन र छुट्टै पहिचान निर्माण गर्न उनको यात्राले प्रेरणा दिने अपेक्षा गरिएको छ ।

‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालका तर्फबाट सहभागिता जनाउँदै प्राचीले हासिल गरेको चौथो रनरअपको उपाधि नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि समेत महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु