• चलचित्र पत्रकारिता दिवस मनाइयो । गिरीलाई सम्मान, भट्टराई र श्रेष्ठलाई पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०७१, बिहीबार

    काठमाडौं । रङ्ग पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको १५ औं वार्षिकोत्सव एवं चलचित्र पत्रकारिता दिवस २०७१ लाई चलचित्र पत्रकारहरुले भव्य रुपमा मनाएका छन् । प्रत्येक वर्ष जेठ ७ गतेका दिन चलचित्र क्षेत्रमा क्रियाशील पत्रकारहरुले स्थापना भएको दिनलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउँदै आएका हुन् ।
    संघले गत वर्षहरुमा झैँ चलचित्र पत्रकारिता दिवसको अवसर पारेर ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको छ । संघले यस पटकको चलचित्र पत्रकारिता सम्मानबाट संघका निवर्तमान अध्यक्ष एवं नेपाल समाचार पत्र दैनिकका समाचार सम्पादक र कामना मासिकका सम्पादक विदुर गिरीलाई सममानित गरेको छ । संघले गिरीलाई चलचित्र पत्रकारितामा करिब दुई दशक योगदान पु¥याएवापत उहाँको पत्रकारिताको उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट कान्तिपुर पब्लिकेशनको साप्ताहिक पत्रिकाका उपसम्पादक कृष्ण भट्टराई र स्टार एफएमका कार्यक्रम संयोजक एवं कलिउड खबरका सम्पादक राज श्रेष्ठलाई संघले पुरस्कृत गरेको छ । भट्टराई र श्रेष्ठलाई करिब डेढ दशकभन्दा बढी समय चलचित्र पत्रकारितामा रही योगदान पु¥याएवापत पुरस्कृत गरेको हो । सम्मानित गिरीलाई दोसल्ला, ताम्रपत्र तथा विभिन्न गिफ्ट ह्याम्परबाट सम्मानित गरियो भने पुरस्कृत भट्टराई तथा श्रेष्ठलाई जनही नगद रु १५ हजार ५ सय ५५ र ताम्रपत्र सहित बिभिन्न गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिएको थियो । नेपाली फिल्मकै पहिलो नायिका भूवन चन्दको प्रमुख आतिथ्यता एवं आमाकै अर्की नायिका बसुन्धरा भुषाल र पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी सिंहको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर केक पनि काटिएको थियो । यस्तै, चलचित्र पत्रकार संघको नयाँ वेभसाइट www.fjanepal.com को पनि संघका संस्थापक अध्यक्ष भरत शाक्यबाट उद्घाटन गरिएको थियो भने संघको २०७१ सालको क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो ।

    raj shreshtha

    krishna g

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु