• चार स्रष्टालाई त्रिमुर्ति पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: ३१ श्रावण २०७२, आईतवार

    काठमाडौ । नेपाली भाषा साहित्यको बिकाश र प्रवद्र्धमा लाग्ने चार नारी श्रष्ठालाई त्रिमुर्ति पुरस्कार प्रदान गरिने भएको छ । त्रिमुर्ति निकेतको हालै बसेको बैठकले सर्वश्री रजनी ढकाल, शान्तिमाया गिरी, तर्कना शर्मा र अम्बिका अर्याललाई पुरस्कार दिने निणर्य गरेको हो ।

    trimurti- award

    नेपाली भाषा साहित्यको श्रीबृद्धिका लागी समर्पित रहँदै २०७१ सालमा सम्पन्न बिश्व नारी नेपाली साहित्य सम्मेलनमा विशिष्ट योगदान पुऱ्याएको मुल्याङ्कनको आधारमा यी चारलाई पुरस्कार प्रदान गरिन लागिएको त्रिमुर्तीले बिज्ञाप्ती मार्फत जनाएको छ । पुरस्कार राशी जनही दश हजार रुपैया रहेका छन् । पुरस्कार केही समयपछि एक कार्यक्रमको आयोजना सहित बाँडीने त्रिमुर्ति निकेतनको संस्थापक अध्यक्ष श्रीमती इन्दिरन प्रसाईद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु