• छाडेर मलाई गए पनि….

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७२, शनिबार

    काठमाडौं । सबैका आफ्ना गुनासो हुन्छ प्रेमीप्रति वा प्रेमिकाप्रति । कहिले दुखेका कुरा होलान् त कहिले मिलनका मनोभावहरु । कसैले तिमीले छाडेर गए अर्को विकल्प खोज्छु भन्लान् त कसैले मर्छु भन्लान् । तर गीतकार सीपी गौतम भने छाडेर मलाई गए पनि सम्झिएर तिमी पछुताउनेछौं भन्न पछि परेका छैनन् । सबैको जीवन भोगाईमा फरक फरक मनोभावनाहरु उत्पन्न हुन्छन् । गीतकार सीपी गौतमको पनि मायालु विचार यहाँ फरक देखिन्छ ।

    cp gautam

    छाडेर मलाई गए पनि सम्झिएर तिमी पछुताउनेछौ
    मैले गरेको माया चोखो भए तिमी फर्किएर आउनेछौ

    narayan dhakal
    आँसु गजलको एल्बमभित्रको एक गीत हो छाडेर मलाई । यस गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै गीतकार सीपी गौतमले आफ्नो अनुभव सुनाए । देशको सुरक्षामा खटिएका यी सेनानी सुरक्षाको साथमा गीतका स्थायी र अन्तरा कोरिरहेको छु, कहिले कविताका हरफहरु कोरिन्छन् तर कहिले गीत । जे होस् नेपाली साहित्यभण्डारमा उनका कलमको मसी सुक्ने छैन । राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको म्यूजिक भिडियोमा एउटा गरिब घरमा विहे गरेपछि सुनौला सपना देखेर बालबच्चा छाडेर अर्कैसँग जाँदा धोखा खाएर पुनः फर्किएकी एक नारीको कथालाई गीतकार सीपीले उल्लेख गरेका छन् । एक हातमा बन्दुक र एक हातमा कलम लिएर अगाडि बढेका गीतकारका गीतिलेखन हेर्दा लाग्छ उनी बन्दुकमा भन्दा बढी कलममा नै विश्वास गर्छन् । कलमबाट नै देशको सुरक्षामा खटिन रुचाउँछन् ।

    janaki-narayan
    गैरे सुरेशको संगीत एवं सत्यराज आचार्यको स्वर रहेको छाडेर मलाईको म्यूजिक भिडियोलाई नारायण ढकालले निर्देशन गरेका हुन् । जानकी पन्त, नारायण ढकाल र प्रदीप बाबुको अभिनय रहेको छ । वीरेन्द्र भट्टको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई कम्पन म्यूजिकले निर्माण गरेको हो ।

    janaki

    janaki-pantha

    grs agriculture farm

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु