• ‘छायाछवि काव्य शृङ्खला – ५’ सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार

    काठमाडौं । विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आइरहेको साहित्यिक कार्यक्रमको फागुन संस्करण पनि सम्पन्न भएको छ । प्रजातन्त्र दीवस अर्थात फाल्गुन ७ को अवसर पारेर गरिएको यो शृङ्खलामा विपिन सलामीका जोशीला गजल एवं रञ्जना निरौलाका आकर्षक कविता वाचन गरिएका थिए ।

    कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको उपलब्धी टीप्पणी गरेकी थिइन् । मुक्तककार एवं गजलकार रश्मि रोदनले छायाँछवि काव्य शृङ्खला साहित्य, चलचित्र र संगीतको त्रिवेणी भएपनि यसलाई हामीले एकाकार गर्न खोजेको बताएकी थिइन् । रोदनले यस्तो खाले साहित्यिक कार्यक्रमले थोरै–धेरै जे भएपनि साहित्यिक योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले छायाँछवि काव्य शृङ्खलाको योगदानका बारेमा प्रष्टाए । श्रष्टालाई मञ्च प्रदान गरेर नयाँ–पुराना श्रष्टालाई एकैठाउँ राखीनु र चलचित्र, संगीत एवं साहित्यको एउटै आयाम बनाउन छायाँछवि लागि परेको वताए । कार्यक्रमका स्रष्टा विपिन सलामीले जोशीला खालका करिव एक दर्जन गजलहरु सुनाए ।

    म बगीरहेछु खोलाको पानी जस्तै
    बाध मलाई कुलेखानी जस्तै ।

    कसैले कठपुतली झै देश नचायो
    यो गल्ती मेरो होइन अखवारको हो ।

    सामाजीक, यथार्थपरक, श्रृंगारिक सबै प्रकारका गजल सलामीले सुनाएका थिए । उनले गजल सुनाउदा माहौल निकै जमेको थियो ।

    कार्यक्रमकी अर्की श्रष्टा रञ्जना निरौलाले पनि जोशीला कविता सुनाइन् । उनले कवितामा आमा–आफू र छोरीको फरकलाई समेत उतारीन् ।

    निर्धक्क म उसको काखमा राखेर शीर
    अनन्त महशुष गर्छु म
    मुस्काउछ सधै उ
    रीसाउन जान्दै जान्दैम
    यसैले म उसलाई प्रेम गर्छु ।

    यी र यस्तै प्रेमील सामाजीक, विविध आयामका करिव १ दर्जन कविता रञ्जना निरौलाले सुनाएकी थिइन् ।
    कार्यक्रम प्रति विपिन सलामी र रञ्जना निरौलाले आभार प्रकट गरे ।

    बागबजारको सिटीम्याक्स हलमा भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा हाँस्य कलाकार एवं निर्देशक दीपाश्री निरौला एवं गजलकार, गीतकार तथा एनीमेटर, सम्पादक करुण थापा थिए । कार्यक्रममा बोल्दै दीपाश्री निरौलाले मुक्तक समेत सुनाएकी थिइन् । उनले यसखाले साहित्यिक कार्यक्रममा आउन पाएकोमा औधी खुशी लागेको बताइन् । कार्यक्रममा अर्का विशिष्ट अतिथी करुण थापाले साहित्यिक यस्ताखाले असियानले आफ्नो ठाउँमा योगदान हुने बताए । छायाँछवि काव्य शृङ्खलाको छैठौं सिलसीला चैत्रको १७ गते गरिने कार्यक्रम संयोजक रश्मि रोदनले जानकारी गराइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु