• जन्मदिनमा गर्ल फ्रेन्डले छोडेपछि तनावमा सिमान्त (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ४ असार २०७४, आईतवार

    असार ४, काठमाडौं । गायक सिमानत सन्तोषले जन्मदिनमा वियोगान्तक गीत लिएर आएका छन् । जन्मदिनमा रमाइलो गर्ने वेलामा उनले गर्ल फ्रेन्डले छोडेको पिडामा वियोगान्तक गीत लिएर आएका हुन् । विगत ३ वर्ष देखि थुप्रै गीत गाएर छोटो समयमै स्रोता–दर्शकको मन मष्तिकमा राजगर्न सफल सन्तोषले आखिर किन आफ्नो जन्मोत्सवमा वियोगान्तक गीत लिएर आए त ! के सिमान्तकी गर्ल फ्रेन्डले उनलाई छोडेकै हुन त ? भन्ने प्रश्नमा ‘अहिलेचाहीँ यो विषयमा केही नभनौ’ भन्ने सन्तोषको ‘छुटाइ गयौ किन कुन्नी, दुई मुटुको नातालाई…’ सार्वजनिक भएको छ ।

    Simant Santosh-4

    आफ्नो जन्मदिनको अवसरमा गत बिहिबार युट्युव मार्फत सार्वजनिक गीतलाई ओमनाथ कडेरियाले लेखेका हुन् भने कम्पोज सन्तोषकै रहेको छ ।

    पूर्वको झापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् । उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् ।

    सिमान्त छिट्टै नै ‘दुर्गाले मुर्गा बनाई…’ , ‘जहाँ छौ प्रिय तिमी…’ जस्ता गीत स्रोता–दर्शकमाझ ल्याउने तयारीमा छन् । आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ…’बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।

    Simant Santosh-5
    झापाको बनीयानी कचनकवल–६मा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाएका सन्तोषले छोटो समयमै नेपाली साङ्गीतिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका छन् । नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका उनका थुप्रै गीत मध्ये ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, जस्ता गीत बढी रोजाईका गीत बनेका छन् ।

    ‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएका हुँ, मान्छे जन्मेको मर्न र प्रकृतिको नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई रोजे’ भन्छन् सन्तोष । नेपाली गीत सङ्गीतको फाँटले उनको स्वरबाट थुप्रै कालजयी गीतहरु पाओस् जन्मदिनमा सन्तोषलाई यही शुभकामना ।

    हेरौं भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु