• जार श्रीपुरुषले ल्याए ‘महापुरुषको नेपाल’

    म्यूजिक खबर
    प्रकाशित: २८ श्रावण २०७१, बुधबार

    काठमाडौं, २८ साउन । गीतकार जार श्रीपुरुषको प्रगतिशील गीतहरुको संग्रह ‘महापुरुषको नेपाल’ आज नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । जार श्रीपुरुषको एकल शब्द र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार पारिएको गीतिसंग्रह ‘महापुरुषको नेपाल’लाई श्रीपुरुषले आफ्ना बाबु रम्म प्रसाद चापागाईं र आमा जानुकी चापागाईंको हातबाट सार्वजनिक गरेका हुन् । वरिष्ठ संगीतकार बुलु मुकारुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा संगीत क्षेत्रका विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा गीतकार श्रीपुरुष र सन्तोष श्रेष्ठको संयुक्त प्रस्तुतिमा रहको महापुरुषको नेपालभित्र सबै प्रगतिशील गीतहरु समावेश गरिएको छ । उठौं अब, आमा तिमी, उत्तरमा चाँदीको, किन हिड्यौ मुग्लान, छातीमा हात राखी, माझी गाउँको, सातै सागर बनाउने जस्ता गीतहरु समावेश भएको उक्त एल्बममा राष्ट्रियता र आफ्नो ग्रामीण परिवेशलाई झल्काइएको छ । जहाँ समाज बोलेको छ, देश बोलेको छ र आफ्नो स्वाभिमान बचाउनु पर्ने अवस्थालाई उजागर गरिएको छ । जसमा अन्जुना गुरुङ, सन्तोष श्रेष्ठ, सन्तोष अधिकारी, वीपी वाग्ले, मन्जु उपसना, जगदीश समालको स्वर रहेको छ । गोल्डेन क्रियशनले बजार प्रबद्र्धन गरेको उक्त गीतिसंग्रहको प्रस्तुतकर्ता भने राधिका चापागाईं हुन् । कार्यक्रममा गायिका मन्जु उपसनाले किन हिड्यौ मुग्लान बोलको गीत गाएर सुनाएकी थिइन् भने अतिथिहरुले जार श्रीपुरुषका रचनाले सफलता पाउने विश्वाससहित शुभकामना दिएका थिए । कार्यक्रमलाई शबुश्रीले सञ्चालन गरेकी थिइन् ।

    mahapurushko nepal manju upasana rita kc sabushree_bhavesh santosh shrestha_abid santosh-jar shripurus suman bairagi

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु