• ‘जे जे भन्छौ तिमी, चुपचाप सहिदिन्छु’ भन्दै दिपकराज (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १२ असार २०७४, सोमबार

    असार १२, काठमाडौं । दिपकराज पाठक पछिल्लो समयमा कहिले गीति लेखन त कहिले अभिनय तिर क्रियाशिल रहँदै आएका छन् । कलाकारिता क्षेत्रका बहु आयामिक व्यक्तित्व उनै दिपकराज पाठकले यतिबेला आफ्नी मायालुलाई ‘जे जे भन्छौ तिमी मलाई, चुपचाप सहिदिन्छु, घाम अनि बादल जस्तै धेरै टाढा भइदिन्छु भन्दै फकाइरहेका छन् । वास्तविक जिवनमा पाठकले मायालु फकाउने प्रयास गरेका नभई उनको शब्दबाट बनेको ‘जे जे भन्छौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ ।

    pop singer.
    लोकप्रिय गायक सुगम पोखरेलको स्वर तथा संगीतमामा सजिएको उक्त गीतमा म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् । म्युजिक भिडियोमा दर्पण छायाँ २ की नायिका श्रदा प्रसाई र मोडल रमेश अधिकारीको सुन्दर प्रस्तुति रहेको छ । पासाङ् योन्जन लामाको निर्देशन रहेको छ भने प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।
    गायक सुगमकै एल्बम ‘स्वित हंसिनी’मा संग्रहित रहेको उक्त गीतलाई सुगमको आफ्नै युट्युव च्यानलमा सार्वजनिक गरिएको हो ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु