• झरनापछि सिम्पलसँग रोमान्स गर्दै दिपेन्द्र

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०७१, शुक्रबार

    काठमाडौं, ६ असार । गत साता मात्रै नायिका झरना थापासँग भरपुर रोमान्स गरेका दिपेन्द्रले फेरी सिम्पलसँग रोमान्स गरिरहेको अवस्थामा भेटिए । झरनासँग जति उनी खुलेर रोमान्स गरेका थिए सिम्पलसँग भने अलि लजाएको देखिन्थ्यो । पत्रकार, निर्देशक हुँदै मोडलिङतिर होमिएका दिपेन्द्र घिमिरे यतिखेर दाह्रीकै कारण पनि मोडलिङमा जमेका हुन् जस्तो पनि देखिन्छ । आफूलाई व्यस्त बनाउँदै आएका दिपेन्द्रले सिम्पलसँग चाहिँ किन लजाए भन्ने रहस्य पत्ता लगाउन गाह्रो नपर्ला ! किनकी उनको मनको धागो यतिखेर सिम्पलसँगै जेलिएको छ । अब झरनासँग झेलिएको भए पनि त्यसलाई उनले बिर्सिएर सिम्पलसँग जेल्न थालेपछि चर्चा त हुने नै भयो बा !
    निर्देशक दिपेन्द्र घिमिरे यतिखेर निर्देशनमा व्यस्त छन् । केही समयपहिला गायक आनन्द कार्की र स्वरुपराज आचार्यको गीतबाट म्यूजिक भिडियो निर्देशनको शुभारम्भ गरेका घिमिरे त्यसपछि निरन्तर निर्देशनमै व्यस्त छन् । अरनिको टेलिभिजनमा कार्यरत रहेका घिमिरेले आफ्नो पत्रकारिताको समयबाट केही समय बचाउँदै निर्देशनतिर लागेका हुन् । आरपी खनालको शब्दमा रहेको जेलिएको मनको धागोमा गायिका अन्जु पन्तको स्वर रहेको छ भने संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् । यस गीतको म्यूजिक भिडियोको निर्देशन भने दिपेन्द्र घिमिरेकै छ भने सिम्पल खनाल, राजु कार्कीको साथमा दिपेन्द्र घिमिरेको पनि अभिनय रहेको छ । नविन श्रेष्ठको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई साँगाको रमणीय दृश्यहरुमा छायाँकन गरिएको छ ।

    dipendra ghimire (1)

    dipendra ghimire (13)

     

    dipendra ghimire (12)

    dipendra ghimire (11)

    dipendra ghimire (10)

    dipendra ghimire (9)

    dipendra ghimire (8)

    dipendra ghimire (7)

    dipendra ghimire (6)

    dipendra ghimire (5)

    dipendra ghimire (4)

    dipendra ghimire (3)

    dipendra ghimire (2)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु