• टीकाले भनिन् – ‘परें माया जालैमा’

    म्यूजिक खबर
    प्रकाशित: ७ कार्तिक २०७३, आईतवार

    काठमाडौं । माया जालैमा पर्नेहरु धेरै हुन्छन् तर आफैंले माया जालमा परेको कुरा भने गर्न हिचकिचाउँछन् । तर गायिका टीका प्रसाईंले भने आफू माया जालमा परेको कुरा सार्वजनिक गरेकी छिन् । उमेर अनुसार सबैले आफ्नो प्रेमलाई बाहिर ल्याउने काम गर्छन् । त्यसैले होला गायिका प्रसाईंले पनि आफू मायाजालमा परेको कुरालाई सबैका सामु ल्याएकी छन् ।

    tika-photo-3
    गायिका टीका प्रसाईंको नयाँ गीत ’परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगीत उदय सोताङको रहेको छ । गायिका प्रसाईंको ’मेलोडी’ एल्बममा समावेश यस गीतको म्यूजिक भिडियो छायाँकन भने अमेरिकाको विभिन्न रमणीय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले रहेको छ भने निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका छन् ।

     

    ’सेल्फीको जमाना’ गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको ’तिमी भन्छौ भने’, ’नतोड न ती बाचाहरु’ लगायत अरु धेरै चर्चित गीतहरु यसअघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन् । जसमध्ये केहि हप्ता अघि मात्रै सार्वजनिक गीत ’तिमी मलाई मन पर्छ’ले अत्यधिक सफलता पाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु