• डम्बर सिंहको नेतृत्वमा सयपत्री सांस्कृतिक समूह

    म्यूजिक खबर
    प्रकाशित: १३ बैशाख २०७५, बिहीबार

    १३ बैशाख, काठमाडौं । ‘नेपाली कला सँस्कृति नै राष्ट्रको पहिचान हो’ भन्ने मूल नाराका साथ बेलायमा स्थापना भएको सयपत्री नेपाली साँस्कृतिक समूह यूकेको तेस्रो महाधिवेशनबाट डम्बर सिंहको नेतृत्व आएको छ । सयपत्रीको तेस्रो महाधिवेशनले अध्यक्षमा डम्बर सिंह सहित ११ सदस्य नयाँ कार्यसमिती चयन गरेको हो । जसको उपध्यक्षमा दिपक शाही र प्रभु गुरुङ, सचिव गौरव क्षेत्री, सहसचिव दिपक खड्का, कोषाध्यक्ष दिपक जि.सी., सहकोषाध्यक्ष गीता के.सी.लाई चयन गरेको छ भने बोर्ड सदस्यहरुमा अविसा गुरुङ, अस्वीन शाही, डिबी सुनार र दिनेश अर्याल चयन भएका हुन् ।


    बेलायतको अधिकांश स्टेज कार्यक्रममा नेपाली मौलिक कला सँस्कृतीको प्रस्तुती दिदै आएको सयपत्री साँस्कृतिक समूहका नवनिर्वाचित अध्यक्ष डम्बर सिंहले कार्यक्रम मा बोल्दै संस्था सबै नेपालीहरुको साझा घर भएको बताए । गैर राजनैतिक र गैर सम्प्रदायिक विशुद्ध संस्थाले नेपाली कला सँस्कृतिको संरक्षण र संबद्धन गर्ने बताउदै आफूहरु विदेशमा तन मात्र नभएर नेपाली मन र नेपाली पन लिएर आएकोले यसलाई जोगाइराख्नु पर्ने बताए ।

    नवनिर्वाचित कार्यसमितिलाई समूहका सस्थापक अध्यक्ष एल.बी. गुरुङले बधाइ तथा शुभकामना दिएका थिए भने संस्थाका सल्लाहकार किसन जिसीले सपथ खुवाएका थिए । समूहको नयाँ कार्यसमितिलाई विदेशका अन्य शाखाहरुले बधाई एवं सफल कार्यकालको शुभकामना दिइरहेका छन् । जसअन्तर्गत यसपत्री नेपाली सांस्कृतिक समूह युकेको नेपाल शाखाका अध्यक्ष गणेश गुरुङले डम्बर सिंहको नेतृत्वमा रहेको कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै आगामी दिनमा नेपाल शाखाले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै सयपत्री नेपाली सांस्कृतिक समूह युकेले आफ्नो तेस्रो अधिवेशनको अवसर पारेर नेपालबाट आएका कलाकारद्वय बीबी अनुरागी र रमेशराज भट्टराईलाई समेत सम्मान गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु