• तयार भयो ब्रासलेटका गीत

    म्यूजिक खबर
    प्रकाशित: १० फाल्गुन २०७१, आईतवार

    काठमाडौं । हाँस्यकलाकार निर्मल शर्माको निर्देशनमा तयार हुन लागेको चलचित्र ब्रासलेटको गीत रेकर्डिङ कार्य सकिएको छ । चलचित्रका लागि दुई गीतमा दीपक शर्माले संगीत दिएका छन् । लेकै जाने लेकाली डाँफे बोलको गीतमा लोकगायक पशुपति शर्मा र लोकगायिका टीका पुनको स्वर रहेको छ भने यसको शब्द र संगीत दीपक शर्माको रहेको छ ।
    त्यस्तै ब्रासलेटकै अर्को गीत मेरो जिन्दगीमा बोलको गीतमा गायक युवराज चौलागाईं र गायिका दुर्गा परियारको स्वर रहेको छ । यस गीतलाई शान्तिप्रियले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ । चलचित्रलाई केशव भट्टराईले निर्माण गर्न लागेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु