काठमाडौं, १० भदौ । तिज म्यूजिक अवार्ड २०७१ आज भव्यताका साथ सम्पन्न हुँदैछ । रिजेन्सी बैंकट ज्ञानेश्वरमा १२ बजेबाट हुन लागेको तिज म्यूजिक अवार्ड २०७१ मा बजारमा आएका तिज गीतहरुबाट विभिन्न १२ विधामा प्रतिस्पर्धीहरु उत्कृष्ट पाँचको मनोनयनमा परेका छन् । उत्कृष्ट पाँचको मनोनयनबाट आज उत्कृष्ट १ ले बाजी मार्दैछ । १२ विधाका विभिन्न स्रष्टा र सिर्जनाहरुमध्ये क–कसले बाजी मार्दैछन् ? कसको पोल्टामा अवार्ड जाँदैछ त्यो भने अवार्ड सुरु भएपछि नै थाहा होला । हिन्दू नारीहरुको महान् पर्व तिजका अवसर पारेर बजारमा ल्याइएका तिज भाकाहरुलाई तिज म्यूजिक अवार्डमा समावेश गरिएको छ । तिज म्यूजिक अवार्डले विशेषगरी तिज पर्वको वास्तविकता र मौलिकतालाई अवार्ड प्रदान गरी प्रोत्साहन दिनुपर्ने बताइरहेको बेला उत्कृष्ट पाँचबाट को सर्वोत्कृष्ट बन्ला भन्ने विषय आज हुने अवार्डबाट निक्र्यौल गरिदिनेछ । अवार्डमा परेका विभिन्न तिज गायक, गायिका, छायाँकार, सम्पादन, निर्देशक, गीत, शब्द, भाका, एरेन्जर र एल्बमको उत्कृष्ट पाँचका मनोनयन यसप्रकार छन् :
१.उत्कृष्ट तीज गीत भिडियो सम्पादन
प्रविन रेश्मी मगर – आमाले दिएको
प्रविन भट्ट – अहिलेको तीजमा
देवेन्द्र शाह – वर माग्छु शिवजी
विष्णु शर्मा – झल्को माइतीको
निशान घिमिरे – तीजको आयो लहर
२.उत्कृष्ट तीज गीत भिडियो छाँयाकार
सुदिप बराल – वर माग्छु शीवजी
दुर्गा पौडेल – झल्को माइतीको
राजेश घिमिरे – मलाई त कति मज्जा
ज्ञानेन्द्र शर्मा – म त फुरुक्कै
शिवराम श्रेष्ठ – च्वाप्प म्वाइ खाँउला
३.उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष)
विजय थापा – आशिर्वाद माग्छु
बब्वु थापा – वर माग्छु शिवजी
महेन्द्र गौतम – लाजैले मरिन्छ
शंकर वि.सी – मेलम्चीको पानी
नरेश विर सिंह – आगो प¥यो
४.उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला)
दिपाशा वि.सी – अहिलेको तिजमा
नीता ढुंगाना – वर माग्छु शिवजी
पार्वती राई – हाम्रा बाउका ज्वाइँले
पुर्णिमा श्रेष्ठ – मेलम्चीको पानी
सगुन शाही – वर्षै र दिनको
५.उत्कृष्ट तीज गीत भिडियोे निर्देशक
शंकर वि.सी – आमाले दिएको
प्रकाश भट्ट – आशिर्वाद माग्छु
बब्वु थापा – वर माग्छु शिवजी
गोविन्द राई – तीजको आयो लहर
कपिल लामा – वर्षै र दिनको
६.उत्कृष्ट तीज गीत एरेञ्जर
झलक संगीतम् – अहिलेको तीजमा
विनोद वाजुराली – छम्म छम्म छम्म
वि.वि. अनुरागी – पिरको व्यथा सारा
अर्जुन पोखरेल – झल्को माइतीको
महाराज थापा – तीजको आयो लहर
७.उत्कृष्ट तीज दोहोरी गीत गायक
खुमन अधिकारी – आशिर्वाद माग्छु
तिलक वली – हङ्कङको सारी
सुरेन्द्र सुनार – मेलम्चीको पानी
रमेशराज भट्टराई – सानुमाया
किरण बावु पुन – लभ म्यारिज
८.उत्कृष्ट तीज दोहोरी गीत गायिका
रमिला न्यौपाने – आशिर्वाद माग्छु
पुर्णकला वि.सी÷उमा श्रेष्ठ – बुढा आधा आधा
सरिता कार्की – लाजैले मरिन्छ
लक्ष्मी ढकाल – सानुमाया
शान्ति सुनार – सत्य कसम
९.उत्कृष्ट तीज गीत शब्द
गोविन्द प्रसाद उपाध्याय – आमाले दिएको
हरि विष्ट – टिपन सकिन खाइन वरिलै
गायत्री थापा – माइती देश
कुमार विवाहित – तिजको आयो लहर
गणेश चौलागाई – वर्षै र दिनको तीजै
१०.उत्कृष्ट तीज गीत भाका(लय)
हरि लम्साल – आमाले दिएको
हरि विष्ट – अहिलेको तीजमा
बिमल डाँगी – छम्म छम्म
पुस्कल शर्मा – नरोए आमा
सुरेश अधिकारी – तिजको आयो लहर
११.उत्कृष्ट तीज गीत गायिका
टीका पुन – अघिपछि भुल्छु आमा
स्वरुपा रसाइली – पिरको व्यथा सारा
माण्डवी त्रिपाठी – रातो सारीे
देवीका बन्दना – म त फुरुक्कै
सुनीता दुलाल –तीजको आयो लहर
१२.उत्कृष्ट तीज गीत
गैरा बारि – हरि विष्ट÷गंगामाला फिल्मस्
आमाले दिएको – शोभा त्रिपाठी÷सितारा म्यूजिक
तिजको आयो लहर – सुनिता दुलाल÷कमलादेवी डिजिटल
झल्को माइतीको – मञ्जु पौडेल÷आशिष म्यूजिक
गायत्री थापा – वर माग्छु शिवजी÷शिवदर्शन डिजिटल