• दाङमा पत्रकार सम्मेलन गर्दै सन्तोष

    म्यूजिक खबर
    प्रकाशित: ११ माघ २०७०, शनिबार

    दाङ, ११ माघ । गायक तथा संगीतकार सन्तोष श्रेष्ठले शुक्रबार विहान दाङमा पत्रकार सम्मेलन गरेर आफ्नो एकल साँझको बारेमा प्रष्ट पारेका छन् । राप्ती साहित्य परिषद्को भवन निर्माणार्थ सहयोग पु¥याउने उद्देश्यले गरिएको उक्त पत्रकार सम्मेलनमा आगामी माघ २१ मा हुने सन्तोष श्रेष्ठ एकल साँझका बारेमा चर्चा गरिएको थियो । राप्ती साहित्य परिषद्का हलमा आयोजना गरिएको उक्त कार्यक्रम परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ दाङका सचिव सविन प्रियासनले गायक तथा सन्तोष श्रेष्ठको एकल साँझको शुभकामना दिँदै कार्यक्रमलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए । त्यस्तै हिमाल खबर पत्रिकाका दाङ प्रतिनिधि देविका जिएमले एकल साँझको सफलताको शुभकामना दिँदै सम्पूर्ण सञ्चारमाध्यमले एकल साँझलाई सफलताका साथ सम्पन्न गर्न लागिपरेको बताएकी थिइन् । त्यस्तै दाङ प्याब्सनका अध्यक्ष यादव गिरीले गायक तथा सन्तोष श्रेष्ठलाई अग्रीम शुभकामना दिँदै उनले आफ्नो मातृभूमिमा गर्न लागेको कार्यक्रममा सम्पूर्ण क्षेत्रबाट सहयोग पु¥याउन सबै लाग्नुपर्ने बताएका थिए । गिरीले दाङको गौरवका रुपमा सन्तोष श्रेष्ठ रहेको बताउँदै एकल साँझका माध्यमले गर्न लागेको समाजसेवाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष लोकराज पराजुलीले पत्रकार सम्मेलनमा बोल्दै गीतसंगीतमा लागेर पनि साहित्यको क्षेत्रमा योगदान दिन तयार रहेका सन्तोष श्रेष्ठलाई सबैले हौसला प्रदान गर्दै आ–आफ्नो ठाउँबाट राप्ती साहित्य परिषद्को भवन निर्माणका लागि सहयोग पु¥याउनुपर्ने बताएका थिए ।
    त्यस्तै गायक तथा संगीतकार सन्तोष श्रेष्ठले आफ्नो जन्मभूमि दाङमा नै आफूले एकल साँझ गर्न पाउँदा धेरै खुशी भएको बताउँदै राप्ती साहित्य परिषद्को केन्द्रिय कार्यालय भवन निर्माणमा आफू जुटेको बताएका थिए । एकल साँझका माध्यमले आफूले अहिलेसम्म गरेका गीतहरुबाट एक दर्जनभन्दा बढी गीतहरु गाउने अवसर मिलेकोमा आयोजक संस्था राप्ती साहित्य परिषद्लाई धन्यवाद समेत दिएका थिए । साथै श्रेष्ठले परिषद्को भवन निर्माणार्थ सहयोग पु¥याउन चाहने सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको ढोका खुला रहेको बताउँदै आआफ्नो ठाउँबाट सहयोग पु¥याउन आग्रह गरेका थिए । त्यस्तै एकल साँझ कार्यक्रमलाई सफल बनाउन परिषद्का महासचिव कमलमणि देवकोटाको संयोजकत्व आर्थिक समिति र प्रचार प्रबद्र्धकका रुपमा पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडितको संयोजकत्वमा एक समिति गठन गरी एकल साँझलाई द्रुत गतिमा कार्यक्रमहरु अगाडि बढाएको श्रेष्ठले बताए । कार्यक्रम संचालन परिषद्का महासचिव कमलमणि देवकोटाले गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु