• देखुँ देखुँ लाग्छ किन किन ?

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७३, शुक्रबार

    चैत्र २५, काठमाडौं । माया प्रेममा लागेका जोडीलाई लाग्ने एउटै रोग हो कहिले देखुँ र कहिले भुटुँ । कतिबेला भेटुँ र मनका कुरा खोलुँ भन्ने मायाप्रेममा डुबेका जोडीहरु यतिबेला मनका कुरा खोल्ने प्रयासमा छन् । संगीतकार अर्जुन पोख्रेल यतिबेला कसैको यादमा डुबेका छन् । कसैको यादमा चुर्लुम्म भएका पोख्रेल उसैलाई भेटि रहन चाहन्छन्, उसैसँग मनका कुरा खोल्न चाहन्छन् । उनले कसैप्रतिको यो अथाहा प्रेम गीत मार्फत ब्यक्त गरेको छन् । अर्जुनको यो भावमा आवाज भरेका छन् गायक भरत गुरुङ्ले । आफ्नै शब्द तथा संगीतमा उनले आफ्नो प्रेम ब्यक्त गरेका छन् । गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । चलचित्र र केहि एल्बमका काममा ब्यस्त रहेका संगीतकार अर्जुनको नयाँ गीतको कुरा हो यो ।

    bharat gurung
    गीतको भिडियो समेत सार्वजनिक भएको छ । माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा भरत गुरुङ्लाई अभिनयमा साथ दिएकी छिन् रिजाले । अर्जुन तिवारीको छायाँकन रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन ।
    भिडियो हेर्नुहोस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु