• दोहोरीमा प्रतिष्ठान कप फुटबल

    म्यूजिक खबर
    प्रकाशित: २१ मंसिर २०७२, सोमबार

    गीतसंगीतको क्षेत्रमा व्यस्त रहँदै आएका लोकदोहोरी क्षेत्रका गायक गायिका, रचनाकार, म्यूजिक भिडियो निर्देशक, मोडललगायत दोहोरीसँग आबद्ध कलाकारहरुबीच ‘प्रतिष्ठान कप’ फुटबल हुने भएको छ । मंसिर २६ गते शनिबारका दिन सामाखुशीस्थित स्टार फुटसलमा हुन लागेको उक्त फुटबल खेल लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति, फुटबल विभागले आयोजना गरेको हो । जसमा प्रतिष्ठानको केन्द्रीय समिति, उपत्यका समन्वय समिति र अन्य सात वटा समन्वय समितिहरुको सहभागिता रहने संयोजक राजु ढकालले म्यूजिकखबरलाई जानकारी गराए ।

    badri-shankar-raju
    प्रतिष्ठानको केन्द्रीय समितिबाट उपाध्यक्ष बद्री पंगेनी र सदस्य शंकर बिसीको सहभागिता रहने भएको छ भने उपत्यका समन्वय समितिबाट राजु ढकाल, विजय थापा लगायतको टोली सहभागी रहने बताइएको छ । कलाकारहरुले फुटबल खेलको आयोजना गरेर एक आपसमा समन्वयकारी भूमिका निर्वाह गर्दै सांस्कृतिक सद्भाव कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने समन्वय समितिका अध्यक्ष शिव हमालले बताए । कलाकार भनेको गीत गाउन, नाच्न, अभिनय गर्न मात्र जानेका हुन्छन् भन्ने होइन गोल हान्न पनि जानेका हुन्छन् हमालले भने – ‘खेलप्रति रुचि भएका कलाकारहरुले आपसी सद्भाव कायम राख्दै फुटबल खेलको विस्तार गर्न प्रतिष्ठान कप महत्वपूर्ण बन्नेछ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु