धरानबाट कोका कोला नेपाली तारा

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७१, शनिबार

काठमाडौं, १४ भाद्र । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शोका रुपमा लिइएको कोका–कोला नेपालीताराको अडिसन राउण्ड भाद्र १७ बाट धरानबाट शुरु हुने भएको छ । कोका–कोलाद्वारा प्रायोजित गरिएको यो रियालिटी सोले नेपालभरिबाट आएका प्रतियोगीहरु खोज्नेछ । कोकाकोला नेपाली ताराको अडिसन होटल द रत्न इन, बगैंचाचोक, धरान (भाद्र १७, २०७१), होटल ग्लोबल प्रा.लि.,भरतपुर (भाद्र १९, २०७१), ड्रिमल्यान्ड गोल्ड रिसोर्ट प्रा.लि.,मनिग्राम–३, बुटवल (भाद्र २१, २०७१), होटल आनन्द, पृथ्वीचोक, पोखरा (भाद्र २३, २०७१), होटल स्विट होम,दरबार स्क्वायर, भक्तपुर (भाद्र २६, २०७१), अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, काठमाडौँ (भाद्र २८,२९ र ३०, २०७१) हुने भएको छ ।
वरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगीत कम्पोजर र गीतकार सुरेश अधिकारी र प्रशिद्ध गायक रामकृष्ण ढकाल, प्रशिद्ध गायक तथा संगीतकार जेम्स प्रधान र संगीतकार राजन इशान यस अडिसन राउण्डका निर्णायकका रुपमा रहेका छन् । दोस्रो संकरणका विजेता सन्तोष लामा र पहिलो संस्करणका रनर–अप धर्मेन्द्र सेवान कार्यक्रम प्रस्तोताका रुपमा रहेका छन् । अडिसन राउण्डको पहिलो तीन एपिसोड नेपाल टेलिभिजनमा प्रसारण गरिनेछ ।
“हामी यस कार्यक्रमका लागि निकै उत्साहित छौँ । हामीले नेपाली ताराका पछिल्ला संस्करणहरुबाट निकै असाधारण प्रतिभाहरु फेला पारेका थियौँ र यस संस्करणबाट पनि यस्तै प्रतिभाहरु हामीले पाउने आशा गरेका छौँ । कोका–कोला नेपालीतारा देशभरिका नयाँ गायकहरुको लागि आफ्नो प्रतिभा व्यक्त गर्ने महत्वपूण मञ्च हो र यो अवसर प्रदान गर्न सकेकोमा हामी धेरै खुसी छौँ । हामीलाई आशा छ कोका–कोला नेपाली तारालाई हामी आधारभूत तहसम्म लिएर जान सक्नेछौँ,” वरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङले भने । कोका–कोलाको मुख्य प्रायोजनका साथै यस कार्यक्रममा डिसहोम र मास्टरपिसको सहकार्य रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु