• नक्कले र जूनकिरीको डोली चढ्ने रहर

    म्यूजिक खबर
    प्रकाशित: ११ मंसिर २०७१, बिहीबार

    काठमाडौं । मंसिरको महिना लागेपछि विहे गर्नेहरु तातिन्छन् । कति वर्ष विहे नगर्नेहरु पनि लगन खोज्न थाल्छन् भने युवा पिंढिहरु पनि विहे गर्ने सुरसार कस्छन् । मंसिरकै छेको पार्दै नक्कले र जूनकिरीले पनि विहे गर्ने भएका छन् । मायाप्रेममा भुलेको धेरै वर्षपछि नक्कले र जूनकिरीले पनि विहे गर्ने सोच गरेका हुन् । रोधीघरमा लुकी लुकी आएको पुरानो क्षण होस् वा पानी लिन सँगै जाँदा वनमारा झ्याँङमा लुकेका विगतहरुलाई पूर्णता दिन उनीहरुले विहेको सोच बनाएका हुन् ।

    तिम्रो मात्र जूनकिरी लाइरहन्छ भर
    डोली चढाइ जूनकिरी लैजाने रहर
    घुम्टो ओढाइ जूनकिरी लैजाने रहर

    तिम्रो मात्रै नक्कले लाइरहन्छ भर
    डोली चढाइ नक्कले गइहाल्ने रहर
    घुम्टो ओढी नक्कले गइहाल्ने रहर

    माथिका शब्द लोकगायनमा चर्चाको शिखरमा रहेका गायक विरही कार्कीले आफ्नो पछिल्लो एल्बम ‘जूनकिरी’मा समावेश गरिएको गीत हो । गायिका सरिता कार्कीसँगको सहकार्यमा बजारमा ल्याएका कार्कीको उक्त गीतको म्यूजिक भिडियोको सन्दर्भलाई हामीले यहाँ जोडेका हौं । विरही कार्कीको शब्द लयमा निर्माण गरिएको यस गीतमा विरही कार्की र सरिता कार्कीको स्वर रहेको छ । म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने गीतमा विशाल कार्की, हिमानी कार्की, सुष्मा कार्की र महेन्द्र गौतमलगायतको अभिनय रहेको छ ।
    गत वर्ष मायालु हजारबाट अवार्डहरु चुम्दै चर्चाको शिखरमा पुगेका कार्कीलाई यो वर्ष जूनकिरीले पनि त्यो भन्दा बढी चर्चा पाउने विश्वास कार्कीले लिएका छन् । हुन त कार्कीले सुनखानीमा सुन, आमा, डाँडै शिरिष, विन्ध्यवासिनी, भन्देउ के हो माया, शंका नमान जस्ता दर्जनौं गीतहरु स्रोताहरुलाई दिइसकेका छन् । अझ त्योभन्दा पनि चर्चा जूनकिरीले पाउनेमा उनी ढुक्क छन् ।

    junkiri (14) junkiri (13) junkiri (12) junkiri (11) junkiri (10) junkiri (9) junkiri (8) junkiri (7) junkiri (6) junkiri (5) junkiri (3) junkiri (2) junkiri (1)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु