• नवीनको स्वास्थ्यमा सुधार हुँदै

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०७१, बिहीबार

    काठमाडौं, २९ साउन । मोटरसाइकल दुर्घटनामा परी घाइते हुन पुगेका गायक नवीन पौडेलको हाल स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्यसमेत रहेका गायक पौडेल चढेको बा४०प ५९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनामा उनको दाहिने हातको हड्डी फुत्किनुका साथै घाँटी, खुट्टालगायतको ठाउँमा चोट लागेको थियो । हाल दुर्घटनालगत्तै सतुंगलस्थित बागेश्वरी अस्पतालमा उनको उपचार गराइएको थियो भने हाल उनी निवासमा आराम गरिरहेका छन् । श्रीनगर बतासे डाँडैमा, सुन्नु भा’छर, सत्य खान्छु कसम, आजै भेट भाकोलगायतका चर्चित गीतहरुका गायक पौडेल पछिल्लो समय नेपालभित्र हुने कार्यक्रममा व्यस्त गायकका रुपमा चिनिन्छन् । म्यूजिक खबर डटकम उनको स्वास्थ्यलाभको कामना गर्दछ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु