• नवोदितमा कलाकारको जमघट । केटा खोज्दैमा बिते मुनाको दश वर्ष

    म्यूजिक खबर
    प्रकाशित: १० असार २०७१, मंगलवार

    काठमाडौं, १० असार । काठमाडौंको सामाखुशी स्थित नवोदित विद्याकुन्जमा कलाकारहरुको जमघट भइरहँदा गायिका मुना थापाले भने आफ्नो अन्तरमनका कुरा खोल्न सफल भइन् । स्टेजमा गीत गाउन गएकी मुनाले ६० सालदेखि विहे गर्न खोजेको भनेजस्तो केटा नपाएकै कारण २०७१ साल लागिसक्यो कोही भए सम्पर्क गर्नुहोला भन्दै दर्शकदीर्घामा भनेपछि ताली र हाँसोले रौनक छाएका थियो । गायिका मुना थापाले आफ्नो जीवनमा धेरै गीत गाए पनि आफूलाई मन परेका केही गीतहरुले मात्रै स्थापित गराएको बताउँदै तिमी राम्रो हाँसोले, तीते करेलीले जस्ता चर्चित गीतहरु गाएर सुनाएकी थिइन् ।
    कलाकार अभिभावक रहेको काठमाडौंको एक मात्र स्कुल होला नवोदित विद्याकुन्ज । जहाँ लोकगायक राजु गुरुङ, गणेश गुरुङ, गायिका कला पंगेनी, गायक एवं संगीतकार रमेशराज भट्टराई, श्रीकृष्ण बममल्ल, कवि तथा गीतकार श्रवण मुकारुङ, पत्रकार एवं गीतकार सुमन बैरागी लगायतका अन्य स्रष्टाहरुको पनि आफ्ना छोराछोरी त्यस स्कुलमा अध्ययनरत छन् । एसएलसीमा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको नवोदित विद्याकुन्जले एसएलसीमा डिस्टिङसन र फस्ट डिभिजनमा पास भएका विद्यार्थीहरुका लागि सम्मान कार्यक्रम राखेको थियो । उक्त अवसरमा गायक गायिकाहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए । राजु गुरुङको सालैजो, कला पंगेनीको दोहोरी होस् या रमेशराज भट्टराईको बबाल होस् सबैमा स्कुलका विद्यार्थी, शिक्षक एवं अभिभावकले मनोरञ्जन लिएका थिए ।

    13
    कार्यक्रममा स्कुलका प्रिन्सिपल राजेन्द्र अधिकारीले आफ्नो मेहनत र परिश्रममा विद्यार्थीहरुले पनि निकै मेहनत गरेको बताउँदै एसएलसीमा उत्कृष्ट अंक ल्याएर पास भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको उज्ज्वल भविश्यको कामना गर्दै शुभकामना दिएका थिए । अधिकारीले सम्पूर्ण अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई राम्रो अध्ययनका लागि धेरै होसियारी अपनाउनु पर्ने बताउँदै विद्यार्थीको प्रत्येक क्रियाकलापमा ध्यान दिनुपर्ने बताएका थिए । स्कुल विद्यार्थीहरुप्रति सदैव राम्रो शिक्षा दिनका लागि तयार रहेको बताउँदै अधिकारीले भोलिका दिनमा पनि उपत्यका एवं नेपालकै नमूना स्कुल बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताएका थिए ।

    12 11 10 9 8 6 5 4 3 2 1 28 27 26 25 24 23 22 21 20 19 18 17 16 15 14

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु