• नायिकासंग डाक्टरको अभिनय

    म्यूजिक खबर
    प्रकाशित: ३ आश्विन २०७३, सोमबार

    काठमाडौं— वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहता गायकको रुपमा स्थापित हुने सम्भावना बढेको छ । डा.मेहताले हालै सार्वजनिक गरेको आफ्नो दोस्रो म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ । गायिका अञ्जु पन्तसंग यूगल गायन गर्दै डा.मेहताले गाएको ‘फूलको सुवास…’ गीतले कम समयमै दर्शकको मन जितेको हो । अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा डा.मेहताले नायिका केकी अधिकारीसंग अभिनय तथा नृत्य गरेका छन् ।

    डुमरिया, रौतहटमा जन्मिएका डा.मेहताको यो नया“ गीतकार रचनाकार नारायण खरेल हुन् भने विशाल हुमागाई“ यो गीतका संगीतकार हुन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

    bikranta

    बाल्यकालदेखि नै संगीतमा रुची राख्ने डा.मेहता करिव तीन वर्षदेखि सांगीतिक क्ष्ँेत्रमा पनि सक्रिय छन् । हालसम्म पा“च वटा गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर स्रँेतामाझ आउने तयारी समेत गरिरहेका छन् । केही चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई चलचित्रका संगीतकारहरुले समेत रुचाएका छन् । चिकित्सा पेशामा सक्रिय रहे पनि डा.मेहताले संगीतलाई संगसंगै अघि लैजाने योजना बनाएका छन् ।

    संगीतकर्मी गुरुदेव कामत तथा राम सिटौलासंग संगीतको औपचारिक प्रशिक्षण लिएका डा.मेहताले यसअघि गायिका रजिना रिमालसंग यूगल गायन गरेको ‘तिम्रै तिम्रो…’ गीत पनि लोकप्रिय भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु