• निर्देशक राजीवको सनसनीपूर्ण रोमान्सको भिडियो बाहिरियो

    म्यूजिक खबर
    प्रकाशित: १९ मंसिर २०७४, मंगलवार

    १९ मंसिर, काठमाडौं । म्यूजिक भिडियोका निर्देशक एवं मोडल राजीव श्रेष्ठको फरक फरक प्रकृति र स्थानमा गरिएको रोमान्सको भिडियो बाहिरिएको छ । यो भिडियो बाहिरिएपछि राजीवको कलाकारिताको यात्राले यतिखेर चर्चा पाएको छ । फरक स्थान, फरक व्यक्तिसँगै गरिएको रोमान्समा भुलिरहेको अवस्थामा यो भिडियो कसरी बाहिरियो भन्ने चर्चामा राजीव देखिएका छन् ।


    प्रसङ्ग, म्यूजिक भिडियोभित्रकै हो । गायिका जितु लामा लोप्चनको स्वरमा रहेको गीत हिजो राती सपनीमा को म्यूजिक भिडियोमा राजीव श्रेष्ठलाई विदेशी र स्वदेशीसँगको प्रेमभित्र देख्न पाइन्छ । सन्तोष प्रगाढको संगीत र एरेन्ज रहेको यो गीतलाई मिनसागर लामाले लेखेका हुन् ।

    राजीव श्रेष्ठकै निर्देशनमा रहेको यस म्यूजिक भिडियोलाई दिनेश मुस्कानले छायाँकन गरेका छन् भने दिनसन शाहले सम्पादन गरेका छन् । भिडियोमा राजीवको साथमा सुजाता कुस्वार माझीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई श्रीराज इन्टरटेनमेन्टबाट यूट्यूबमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु