• नीलम राई सबैमा राम्री: राजेशपायल

    म्यूजिक खबर
    प्रकाशित: २७ श्रावण २०७१, मंगलवार

    काठमाडौं, २८ साउन । चर्चित गायक राजेश पायल राईले संगीतकार नीलम रोजु राई सबैमा राम्री भएको भन्दै उनका गीत, संगीत र स्वरको प्रशंसा गरेका थिए । संगीतकार नीलम रोजु राईको आधुनिक गीतिसंग्रह ‘हरपल’ विमोचन कार्यक्रममा राईले नीलमको सुन्दरताको प्रशंसा गरेका हुन् । वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको प्रमुख आतिथ्यतामा हलपल एल्बमको सार्वजनिक गरिएको हो । संगीतकार संघ नेपालको आयोजनामा भएको हरपल विमोचन कार्यक्रममा गायक राजेश पायल राई, प्राज्ञ संगीतकार शान्तिराम राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नारी पत्रिकाका सम्पादक सुवास ढकाल, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
    संगीतकार नीलम रोजु राईको पहिलो गीतिसंग्रह हरपलमा नीलमको एकल संगीत रहेको छ भने उनले गीत लेखन र गायनमा पनि आफूलाई उभ्याएकी छिन् । उनको हरपल एल्बममा उनको प्रतिभा देखेर अतिथिहरुले उनको प्रतिभाको तारिफ गरेका थिए । प्रमुख अतिथि शम्भूजित बास्कोटाले महिला संगीतकारको कमी भइरहेको बेलामा नीलम संगीतकारका रुपमा भित्रिनु खुशीको कुरा भएको व्यक्त गर्दै बहुप्रतिभा भएकी राई एउटाले आफ्नो कार्यलाई निरन्तरता दिन पछि हट्न नुहने बताएका थिए । त्यस्तै गायक राजेशपायल राईले नीलम रोजु राई नयाँ भए पनि आफूले संगत गर्दा कहिँ कतै नयाँको महसुस नगरेको बताएका थिए । राजेशले नीलम राई सबैमा राम्री भएको ठट्टा गर्दै गीतसंगीत र रुपकी राम्री नीलमको सांगीतिक यात्रा सफल रहोस् भन्ने शुभकामना समेत दिएका थिए । राजेशले आफूलाई संगीतकार हुँ भनेर चिनाउँदै आएकी नीलम आफैंमा राम्रो गीतकार र गायिका भएको उल्लेख गर्दै उनको भविश्य उज्ज्वल रहेको बताएका थिए ।
    त्यस्तै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले संगीतकार नीलमको संगीत राम्रो भएको बताउँदै उनी अझ सशक्त गीतकार पनि भएको बताएका थिए । उनी बहुप्रतिभा भएकै कारण कुनै संगीतको शिक्षा भने पनि उनले गरेको सिर्जना सबल बन्न पुगेको बताएका थिए । त्यस्तै प्राज्ञ संगीतकार शान्तिराम राईले आदिबासी महिला संगीतकारको रुपमा उनको नाम अगाडि आउने बताउँदै उनले अझै संगीत सिर्जनामा मेहनत गर्नुपर्ने बताउँदै एल्बमभित्रको समीक्षा गरेका थिए । त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नीलम राई संगीतको त्रिवेणी भएको बताउँदै एल्बमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको सभापतित्वमा सम्पन्न भएको थियो भने नरेश भट्टराईले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा यो मनमा बोलको गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो भने सुनशान रातको गीत भीमबहादुर बुढाथोकीले गाएर सुनाएका थिए ।

    harpal2

    एल्बममा ९ वटा गीतहरु समावेश गरिएका छन् । यो मनमा, सुनसान रातको, आकाशमा उड्ने, पहाडी च्याङ्बालाई, यही धूनमा, यो मायामा, आँखैमा आउँछौं, कान्छा एक कान्छा, सुनसान रातको जस्ता गीतहरुमा समावेश भएका छन् । उक्त गीतमा राजेश पायल राई, नीलम राई, भीम बहादुर बुढाथोकी, विजय राई, नीलम रोजु राई, पदम राई, स्वरुपराज आचार्यले स्वर दिएका छन् । भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको हरपल एल्बममा नीलम राईले एकल संगीत दिएकी छिन् ।

    harpal4 harpal3 harpal

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु