• नेपालमा सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७०, बुधबार

    काठमाडौं, १५ माघ । नेपाली लोक संस्कृतीको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष्य बोकेर १६ वर्षअघि स्थापना भएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ग्रुपले आफ्नो सातौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्न लागेको कुरा प्रष्ट पारेको हो ।

    स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको गु्रपका अध्यक्ष रामचन्द्र कोइरालाले कार्यक्रममा बताए । केहि दशक यता नेपालले आफुलाई विश्वसमुदायसामु प्रस्तुत गर्न थालेको भएपनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृतीक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको र आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको जानकारी कार्यक्रममा गराइएको थियो ।
    नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरु रहदै आएको, नेपाली संस्कृती प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवर्दनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफनो पहिचान र मौलीकता बोकेका संस्कृति हुद“ाहुदै स्वयं नेपाली उदाशीन हुनु दुःख लाग्दो पक्ष हो, अध्यक्ष कोइरालाले बताए । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मैलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति जगेर्नाको निम्ती लागि पर्नु आफ्ना कर्तव्य भएको बताउँदै अध्यक्ष कोइरालाले “पर्यटक कलाकारको स्वागत संत्कार नेपाली लोक सस्कृतिको आधार” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय रुपमा लोक सांस्कृतिक मेला गर्दै आएको छ । २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरेपछि हरेम दुई दुई बर्षमा कार्यक्रम गर्दै आएको छ । ग्रुपले दोस्रो, तेस्रो, चौथो, पाचौ साथै गत २०६८ सालमा छैटांैं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला आयोजना गरी अन्य मुलुकसँग संस्कृति आदानप्रदान गरिसकेको छ । प्रथम अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलादेखि छैटौ अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलासम्म आइपुग्दा ४५ भन्दा बढि देशका २५०० भन्दा बढि कलाकारहरुले आ–आफनो देशको मौलिकता झल्कने सांँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिसकेको कार्यक्रममा बताइएको थियो । यसको अलावा यस संस्थाले विश्वको ५० भन्दा बढी मुलुकमा गई प्रत्यक्ष रुपमा नेपाली लोक संस्कृतीको पहिचान गराउदै आएको अध्यक्ष कोइरालाले बताए ।
    नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रबद्र्धनको आफ्नो अभियानलाई निरन्तर्ता दिँदै यस संस्थाले वि.सं २०७० साल फाल्गुन १४ गते देखि फाल्गुन २३ गते सम्म सातौ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७० आयोजना गर्न गइरहेको छ । टेलिभिजनको पर्दामा मात्र विदेशी लोक संस्कृति हेर्न बानी परेका नेपालीहरुले मेला अवधीभरी आफनै घरआँगनमा हामै्र नेपालको प्रस्तुति सहित विदेशी संस्कृतीलाई मौलीक रुपमा हेर्न पाउने भएका छन् । यसले नेपालको पर्यटन र संस्कृति प्रबद्र्धनको क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्न सकिन्छ ।
    नेपालको पहिचान र अर्थतन्त्रको प्रमुख आधारशिला मानिएको संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने यस्तो महोत्सव नेपालमा ६ पटकसम्म आयोजना हुँदा समेत सरकारीस्तरबाट कुनैप्रकारको सहयोग नपाउनु आफैमा दुर्भाग्य पूर्ण कुरा हो । ‘संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय’ र ‘नेपाल पर्यटन बोर्ड’ जस्ता सम्बन्धीत सरकारी नियकायले नै यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने ठाँउमा निजी क्षेत्रबाट भएको प्रयाशलाई सहयोग गर्नु त कता हो कता हौसला प्रदान गर्ने काम समेत नगरेको आरोप कोइरालाले लगाए । उनले सरकारले गर्नुपर्ने काम आफूहरुले गर्दै आएको हुँदा सरकार उत्तरदायित्वविहीन बनेको आरोप समेत लगाए ।
    यसपटकको महोत्सव काठमाण्डौ, हेटौंडा, घादिङ, पोखरा तथा ललितपुर जस्ता पर्यटकिय तथा ऐतिहासिक क्षेत्रमा गर्न गईरहेको साथै पशुपति बृद्धाश्रम तथा बाल मन्दिरमा पनि हुने जानकारी कार्यक्रममा गराइएको छ । यसबाट देशको विविध संस्कृती, पुरातत्वीक र अन्य पर्यटकिय स्थल तथा प्रकृतीको मात्र नभई विश्वसामु सम्पूर्ण नेपालकै प्रचार–प्रसार हुने ग्रुपले आशा राखेको छ । मेलामा जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको, बङगलादेश, इजरायल र नेपाल सहित विश्वका ११ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा वढी कलाकारहरुले भाग लिने उक्त महोत्सवको अवधी १० दिन लामो रहने छ ।

    Adobe Photoshop PDF Mexico HPdPp3-9BXYv-8BTU0k1bk2Fi7DCoN-72u0rsg4eeeZNcD_xbQF3tqephLmM 4P1SvDTvlmJLkRpZ0yGqRHHe6LpPPJ7x92pVEUS4bcd6LlT0mfi5hOaHRiIu

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु