• “नेपाली मौलिक गीत सङ्गीतको बिगत, वर्तमान र भबिस्य” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २१ माघ २०७५, सोमबार

    राष्ट्रिय लोक सन्चारकर्मी नेपालको १० औ स्थापना दिवशको अवसरमा “नेपाली मौलिक गीत सङ्गीतको बिगत, वर्तमान र भबिस्य” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    सोही संस्थाका अध्यक्ष हरिबल्लभ नेपालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोक सम्राट कुमार बस्नेत रहेका थिए । यस कार्यक्रममा शिव नारायण जोशी, रमेश बिजि, तुलसी पराजुली, गोबिन्द गिरि, एकनारायण भन्डारी, बिमलराज क्षेत्री, राजेन्द्र कुमार कार्की लगायत कलाकार र पत्रकारहरु उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रामनाथ घिमिरेले गरेका थिए ।

    उक्त कार्यक्रममा गीत सङ्गीत सम्बन्धी हाल सम्मका क्रियाकलाप र अन्य बिषय बस्तु माथी छलफल गरिएको थियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु