• नेपाल आइडलका सान निशानको नयाँ गीत सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७४, मंगलवार

    भाद्र १३, काठमाडौं । नेपाल आइडलका शिर्ष चारमा पर्न सफल, अर्थात् एक अब्बल गायक निशान भट्टराईको भर्खरै नयाँ अडियो गित सार्वजनिक भएको छ। नेपाल आइडलमा टप ४ मा पुगेका प्रतिस्पर्धी निशान भट्टरार्इकाे नयाँ गीत ‘कतै मिलन…’ बोलको गीतको अडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको छ ।

     

    म्युजिक जोय मिडियाले युट्युमा राखेको उक्त गीत सोमबार सार्वजनिक गरेसँगै ११ हजार बढिले हेरिसकेका छन् । चर्चाको शिखरमा रहेको चर्चित रियालिटी सो नेपाल आइडलमा निशान हाल टप ४ मा पुगेका छन् । केही दिनपछि कतारमा नेपाल आइडलको फाइनल हुदै छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु