• परशुरामको काव्य

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

    काठमाडौं । संगीतको व्यवसाय गर्दै आएका परशुराम रिजाल अब गायक भएर आएका छन् । गायक परशुराम रिजालले आफ्नो एकल स्वरमा नयाँ एल्बम ‘काव्य’ सार्वजनिक गरेका छन् । भाइब्स क्रियशनका प्रबन्ध निर्देशक रिजाल संगीत विद्यार्थी पनि हुन् । रिजालले गीतकार राजुबाबु श्रेष्ठको एकल रचना र संगीतकार हरि लम्साल, सुनिल मास्के र याकुव राईको संगीतमा काव्य बजारमा ल्याएका हुन् ।
    एल्वमलाई वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार प्रकाश गुरुङ्ग, गीतकार एवम् वरिष्ठ रंग पत्रकार रमण घिमिरे लगायतले सार्वजनिक गरेका हुन् । एल्वममा ५ वटा गीत रहेका छन् । यहि एल्वमको याकुव राईको राष्ट्रिय भावनाको गीत इमेज अवार्डमा नोमिनेसनमा पनि परिसकेका छ ।

    kabya parsuram rijal

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु