• पशुपतिको विवादस्पद गीत बन्द हुने

    म्यूजिक खबर
    प्रकाशित: ९ श्रावण २०७१, शुक्रबार

    काठमाडौं, ९ साउन । ‘केको बाहुन, केको कामी, केको जनजाति– जातका कुरा गर्ने नै देशका लागि घाती’ बोलको गीत बजारमा ल्याएपछि गायक पशुपति शर्मा दलितहरुको आँखाको तारो बनेका थिए । गायक पशुपतिले गीतमार्फत् जनतामा जातभातविरुद्धको आवाज उठाए पनि अन्ततः उनलाई नै दलितबाट विभिन्न आरोपप्रत्यारोप आयो । दलितहरुले ‘कमीनी, दमिनी, सर्किनी’ जस्ता शब्दको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गर्न थाले । सामाजिक सञ्जालमा जातभातको कुरा गर्नेहरुको गाली र तालीको ओइरो लाग्यो । तर जति जे भए पनि सामाजिक सद्घाव विथोलिने अवस्था आइपर्ने हो भने आफूले उक्त गीत बन्द गर्ने निर्णय लिन बाध्य भए गायक पशुपति शर्मा ।
    सामाजिक सञ्जाल र केही संघ संस्थाले गीतबारे गरेका टिकाटिप्पणीले गीतलाई बहाना गराएर सामाजिक सदभाव बिथोल्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै गायक शर्माले विज्ञप्ति जारी गरेर सार्वजनिक प्रयोगमा गीत बन्द गर्ने घोषणा गरेका छन् । ’हामी नेपाली हौं’ बोलको तीज गीतले कसैको आत्मसम्मानमा ठेस नपुगोस् भन्दै सार्वजनिक प्रयोगमा बन्द गरेको जानकारी गराउँदछु, शर्माले विज्ञप्तिमा भनेका छन् – यो गीतको व्यवसायिक प्रयोग समेत बन्द गरिएको अवगत गराउन चाहन्छु ।’
    शर्माले तिज नजिकिँदै गर्दा बजारमा ल्याएको उक्त गीत ‘हामी नेपाली हौं’ मा दलितको सम्मानका लागि गरिएको भए पनि दलितको प्रयोग गरेर चर्चा कमाउन खोजियो भन्ने आरोप लगाएकोमा पनि दुःख व्यक्त गरेका छन् । उनले भने ः मैले चर्चा कमाउनका लागि कसैलाई आघात पुग्ने काम गर्नुछैन, तर जसका लागि सम्मान गरेँ त्यहीबाट आफूलाई अपमान गर्न खोजियो त्यो भने दुःखलाग्दो कुरा हो ।
    स्मरण रहोस् दलित शब्द प्रयोग गरिएका खेमराज गुरुङको ‘पोडे होला चमार होला तिम्रै माया लाग्छ’ बोलको शब्दलाई पनि दलितहरुले हटाएका थिए । तर त्यस्ता दलितको थर राखेर बजारमा ल्याएका धेरै गीतहरुमाथि भने दलितहरुको आँखा जान सकेको छैन । त्यस्तै बाहुनको विरोध गर्दै विभिन्न आरोपप्रत्यारोप गरेका गीतहरु अझै बजारमा छन् तर बाहुनबाट किन त्यसो भनियो भनेर कहिल्यै विरोध गरिएको छैन । तथापि गायक पुशपति शर्मा र गायिका देविका केसीको आवाजमा रहेको हामी नेपाली हौं त्यत्ति थाहा छ बोलको गीत सार्वजनिक प्रयोगमा बन्द गरिएको त्यसले दलितहरुलाई पक्कै फाइदा पुग्ला ।

    दलित शब्द राखिएका गीतहरु

    [youtube]https://www.youtube.com/watch?v=Y713EvNW4WI#t=32[/youtube]

     

    [youtube]https://www.youtube.com/watch?v=oWDa0c0oAY0[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु