• पशुपतिले काललाई किन दिए निम्तो ?

    म्यूजिक खबर
    प्रकाशित: १४ माघ २०७३, शुक्रबार

    माघ १४, काठमाण्डौ । पशुपति शर्मा समाजका विद्यमान कुरिती र समसामयिक घटनाका विषयलाई लिएर गीत गाउने गायक हुन् । उनले गाएका हरेक गीत नेपालका परिस्थितिसँग ठ्याक्कै मिल्दो हुन्छ । समसामयिक गीत गाएर चर्चित बनेका उनै पशुपतिले यतिबेला भने यमराज अर्थात् काललाई ‘आइज ओइ काल’ भन्दै निमन्त्रणा दिएका छन् । देश र जनतालाई दुख दिने मान्छेलाई नर्क लैजानका लागि उनले काललाई गीत मार्फत बोलाएका छन् । उनको यस गीतमा देशमा विधमान विभिन्न भ्रष्टाचार, कुरिति र चलनलाइ घोचपेच गर्दै व्यंग्यात्मक गरिएको छ । बिमानस्थलबाट ३३ किलो सुन कसरी भित्रियो ? लोडसेडिङ गरेर यतिका वर्षको बिजुलीलाई के गरियो भन्दै उनले प्रश्न समेत गरेका छन् ।

    ramji_pashupati
    गरिएको यस गीतमा पशुपति शर्माको स्वर, शब्द र संगीत रहेको छ । यसमा श्रीकृष्ण बममल्ल र पशुपति शर्माको अभिनय रहेको छ भने दुर्गा पौडेलले निर्देशन गरेका छन् । यस भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु