• पहिरोमा सरगम

    म्यूजिक खबर
    प्रकाशित: ८ असार २०७२, मंगलवार

    karki sarga

    काठमाडौं । सरगम कार्की सानैदेखि गीतसंगीतकै क्षेत्रमा लाग्न चाहन्थिन् । गीतसंगीत मन पराउँथिन् त्यसैले उनको नाम पनि आमाले सरगम राखिदिएकी थिइन् । उनकी आमा पनि सरगमलाई ठूलो मान्छे बनाउने सोचमा थिइन् तर उनी भने गीतसगीतकै क्षेत्रमा लाग्ने सोचमा थिइन् । सरगमको सोच जस्तो थियो अहिले उनले पनि त्यस्तै फल प्राप्त गर्दैछिन् ।
    सिन्धुपाल्चोककी सरगम कार्की यतिबेला गायक कृष्ण काफ्लेको गीत पहिरोमा पल शाहसँग म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । पहिरोमा रामचन्द्र घिमिरेको शब्द, दीपक शर्माको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको छ । पहिरोमा सरगम कार्की र पल शाहले अभिनय गरेका छन् भने विशाल भण्डारीले निर्देशन गरेका छन् । हरि हुमागाईंको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई अब छिट्टै बजारमा ल्याउन तयारी भइरहेको छ ।

    sargam karki2

     

    karki sarga3

     

    sargam karki

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु