• पुजनाले पाइन मनको राजा

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०७१, सोमबार

    काठमाडौं, ५ जेठ । नायिका पुजना प्रधानबाट पछिल्लो समय पुजना स्त्रि भएकी पुजनाले बल्ल आफ्नो मनको राजा पाएकी छिन् । उनको मनको राजा को हो त ? कौतुहलता सबैमा हुनसक्छ । मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ भने झै उनलाई मन पराउने धेरै आए तर अन्ततः पुजनाले चाहेको र खोजेको ब्यक्ति मनको राजा दिपेश कार्की बन्न पुगे ।

    उनीहरुको चोखो पिरतीमा सुदिप थापा तगारो बनेर पैदा भए । देखावटी माया देखाएर सुदिपले पुजनालाई आफ्नो बनाउने प्रयत्न गरेपनि उनको कर्तुत थाहा पाएपछि पुजना सजग रहन खोजिन । वास्तवमा सुदिपलाई नयाँ केटी घुमाउँदै रोमान्स गरेर हिड्ने बानी परेको थियो । प्रेमको प्रतिक गुलाफको फूल दिएर पुजनालाई पनि आफ्नो बनाइ रोमान्स गरौला भन्ने मनसाय राख्ने सुदिप हिराको हार समेत दिन पछि पर्दैनन् । धन देखेपछि महादेवको त तीन नेत्र भन्ने उखानै छ पुजना पनि विस्तारै उनको मायामा पर्न थाल्छिन् ।

    dipesh3

    एकदिन उनै सुदिपले आफ्नै अगाडि अर्को केटी घुमाएर हिडेको पाउँदा पुजना छाङ्गाबाट खसे झै हुन्छिन् । त्यसपश्चात उनले जसलाई आफ्नो मनको राजा बनाएकी हुन्छिन् उसैलाई सम्झेर पैसामा माया किन्न खोज्ने सुदिपको नजरबाट टाढै रहने निर्णय गर्छिन् । चोखो र निश्चल माया पुजना र दिपेशबीच पुनः सुरु हुन्छ । तर यो प्रेमलाई असफल बनाउन सुदिप लागिपर्छन् । यो खालको त्रिकोणात्मक प्रेम अब कहाँ गएर टुंगीनछ त ? पुजना र दिपेशको बिहे सम्मको यात्रा तय होला या नहोला ? केही समय पछि नै भिडियो मार्फत यो कुरा थाहा पाइनेछ ।

    पछिल्लो समय नेपाली आधुनिक गीतमा युवा जोस लिएर भित्रिएका बहुप्रतिभाशाली युवा गायक रुद्रसेन विश्वकर्माले रचना गरेको यो गीतमा स्वर रजिना रिमाल र स्वयमं रुद्रसेनको रहेको छ । रुन्द्रसेनको दोस्रो आधुनिक गीतिसंग्रंह ‘मनको राजा’ को शिर्ष गीतको भिडियो आइतबार सुटिङ गरिएको हो । गोदावरी, बोडे लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा एक्सन कट भन्ने काम निर्देशक प्रदिप रसाइलीले गरेका छन् । मोडलिङ क्षेत्रमा यही गीत मार्फत भिडियोमा डेब्यु गरेका सञ्चारकर्मी समेत रहेका दिपेश कार्की एक सम्भावना बोकेका मोडल हुन् । उनको पहिलो प्रयासले कतिको सफलता प्राप्त गर्ने हो परीक्षाको घडि सुरु भएको छ । त्यसो त सुदिप थापा पनि मोडलिङ क्षेत्रका लागि नयाँ अनुहार हुन् । पुष्कर सुनवारको संगीत रहेको उक्त गीतको भिडियो क्यामेरामा कैद गर्ने काम अजय रेग्मीले गरेका हुन् ।

    एल्बममा ६ वटा गीत रहेका छन् । जसमा संगीत रुन्द्रसेनले समेत दिएका छन् । ६ वटै गीतका शब्द रुन्द्रसेनले तयार गरेका हुन् । सुमित खड्काले पनि एल्बमको एउटा गीतमा स्वर भरेका छन् । देशभक्ति र प्रेम विछोडको भावना समेटिएको एल्बम ‘मनको राजा’ छिट्टै बजारमा आउने तयारीमा छ ।

     

    dipesh2

    श्यामहरि शिवभक्ति

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु