• पूजा मारियाको दुई गीतिसंग्रह सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७३, बुधबार

    चैत २३, काठमाडौं । गीतकार पूजा मारियाको दुई गीतिसंग्रह जीवन साथी र परदेशीको यादमा सार्वजनिक भएको छ । वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ गायक दीपक खरेल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, संगीतकार राम सिटौला लगायतको हातबाट दुई एल्बमको सार्वजनिक गरिएको थियो । शिव फोर एस मिडियाका संचालक निर्देशक शिव विकको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रमलाई राजेश घतानी र चन्दा खड्काले कार्यक्रम संचालन गरेका थिए ।

    pooja mariya (2)
    गीतकार पूजा मारियाले अतिथिहरुलाई स्वागत गर्दै आफ्ना जीवनका भोगाइहरुलाई गीतमार्फत् उतारेको बताएकी थिइन् । पूर्वी जिल्ला सुनसरीमा रहेर गीतसंगीतमा सक्रिय रहेकी पूजाले आफ्ना दुई एल्बम संगीत साधना प्रतिष्ठान नेपालको सहयोगार्थ कार्यक्रम आयोजना गरेकी हुन् । दीप पूजा म्यूजिकले बजार प्रबद्र्धन गरेको जीवन साथी एल्बम आधुनिक गीतिसंग्रह हो । जसमा जीवन साथी, सुस्तरी सुस्तरी, मैले दिएको सिन्दुरलाई, यात्रा मेरो लक्ष्य तिम्रो, स्वाभिमान बनी हामी, हृदयको कुनाभित्र जस्ता गीत समावेश गरिएको छ । जसमा प्रमोद खरेल, गौरी मल्ल, अन्जु पन्त, मेलिना राई, प्राश्ना पाण्डेको स्वर रहेको छ । जसमा संगीत राम सिटौलाको रहेको छ ।

    pooja mariya (1)
    त्यसैगरी परदेशीको यादमा लोकदोहोरी गीतिसंग्रहमा दुई गीत समावेश गरिएको छ । जसमा परदेशीको यादमा र बस्छु तिम्रै तस्विर छोएर गीत रहेका छन् । भरत भट्ट र चन्दा खड्काको स्वर रहेको दुई गीतमा भरत भट्टको लय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु