• प्रतिष्ठानको सल्लाहकारमा कोइराला र ठकुरी थपिए

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०७०, बिहीबार

    काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले वरिष्ठ लोकगायक एवं चलचित्र निर्देशक नारायण रायमाझी, लोकगायक एवं प्रतिष्ठानका भूतपूर्व अध्यक्ष दुर्गा रायमाझी, गीतकार एवं चलचित्रकर्मी चेतन कार्कीलाई सल्लाहकार एवं संरक्षक पदमा यथावत राख्दै नयाँ दुई अनुहार थप गरेको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष एवं फिड्रेसन अफ इन्टरनेसनल डान्स फेस्टिवलका एशिया डाइरेक्टर आर.सी. कोइराला र लोकसंगीतकै क्षेत्रमा क्रियाशील व्यक्तित्व उज्जलसिंह ठकुरीलाई सल्लाहकार पदमा मनोनित गरेको छ । कोइराला नेपाली कलासंस्कृतिको क्षेत्रमा देशविदेशमा चिनाउनका लागि लागि नेपाली संस्कृतिहरुलाई उजागर गर्दै हिडेका व्यक्तित्व हुन् । उनले विदेशका विभिन्न ठाउँमा नेपाली कलासंस्कृति झल्काउने उद्देश्यले अन्तर्राष्ट्रिय फल्क फेस्बिल जस्तो कार्यक्रमहरु गर्दै आएका छन् भने ठकुरी नेपाली कलासंस्कृतिक पेरिफेरिमा क्रियाशील व्यक्तित्व हुन् ।
    त्यस्तै पुराना सल्लाहकारहरुलाई प्रतिष्ठानको बुधबार बसेको बैठकले यथावत राखेको छ । लोकदोहोरीको क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका रायमाझी दाजुभाइ एवं चलचित्र गीतिलेखनका माध्यमले नेपाली संस्कृतिमा ठूलो योगदान पु¥याएका कार्कीजस्ता व्यक्तित्वलाई प्रतिष्ठानलेसल्लाहकार एवं संरक्षकका रुपमा यथावन राख्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले म्यूजिकखबरलाई जानकारी दिए ।

    narayan rayamajhi
    लोक गीतको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुको हक हित र अधिकारका लागि अग्रपंक्तिमा रहेर आवज उठाउँदै आएको संस्था लोक तथा दोहोरी गीत प्रतिष्ठानले रायमाझीद्वय, कार्की, कोइराला र ठकुरीको सल्लाहबाट प्रतिष्ठानका गतिविधिलाई अघि बढाउने निर्णय गरेको शर्माले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु