• प्रमोदको स्वरमा दर्शकको वान्स मोर

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०७१, बिहीबार

    काठमाडौं, २६ भाद्र । गायक प्रमोद खरेल जहाँ पुग्छन् उनको स्वरको जादू चम्किहाल्छ । प्रमोद आउँदैछ भनेपछि विदेशका कार्यक्रमहरुमा टिकट किन्न हानथाप गर्छन् । कम्पनीमा काम गर्नेहरु विदा नै लिएर भए पनि प्रमोदको जादू हेर्न आउँछन् । प्रमोद जहाँ पुग्छन् उनलाई वान्स मोर भनिहाल्छन् । केही समयअघि मात्र यूके पुगेका गायक प्रमोद सिधै कोरिया हानिए । कोरियापछि उनी अहिले सिधै यूके गएका छन् । उनलाई भ्याइनभ्याइ छ ।
    खोटाङ सेवा समाजको आयोजनामा कोरियामा भएको कार्यक्रममा गायक प्रमोदले १० वटा गीत गाए । १० गीत गाएपछि दर्शकले उनलाई बस पनि भनेनन् उल्टो वान्स मोर वान्स मोर भन्दै हुटिङ लगाएपछि गीत गाउन बाध्य भए । दर्शक भनेका गायक गायिकाका लागि देउता हुन् । उनीहरुको चित्त बुझ्यो भने बल्ल आफ्नो सन्तुष्टि पूरा हुन्छ । रहरै रहरमा गीत गाउने बानी परे पनि गायक गायिकाहरुलाई दर्शकको हुटिङले पूर्णता दिन्छ र एउटा सफल गायक बनेको आभास हुन्छ । गायक प्रमोदलाई पनि त्यस्तै भएको छ । पछिल्लो समयका चर्चाका शिखरमा रहेका गायक प्रमोद खरेल नेपाल फर्किए पनि व्यस्त विदेश गए पनि व्यस्त । कोरियामा जाँखा प्रमोदको जति चर्चा भयो उनका साथमा गएका राजेश पायल राई, कोमल वली, मिलन अमात्य, प्रियंका कार्की पनि दङ परे । हुन त सबै कलाकारलाई हुटिङ नआएको होइन तर पनि प्रमोदलाई बढी रुचाएको देखिन्थ्यो । यतिबेला गायक प्रमोद खरेल र डिआइडि विजेता टेरिया मगर यूकेमा कार्यक्रमका लागि पुगेका छन् । उनीहरुले यूकेमा सेप्टेम्बर १३ र १४ मा धूम मच्चाउँदैछन् ।

    kreaa

     

    pramod teria

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु