• प्रमोदले फेरिदिए कठायत, श्रेष्ठ र खड्काको परिचय

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७१, आईतवार

    काठमाडौं । सन्तोष श्रेष्ठ, सनम कठायत र डिबी खड्काको आफ्नै पहिचान छन् । सन्तोष नेपाली सुगम संगीतमा जमिरहेका संगीतकार हुन्, सनम म्युजिक भिडियोमा ब्यस्त मोडल र डिबी खड्का शुक्रवार साप्ताहिकमा आवद्ध पत्रकार । तर, शुक्रवार यी तिनै जनाको परिचय एकसाथ फेरिएको छ ।
    सन्तोष मोडल बनेका छन् । सनम गायक बनेका छन् भने डिबी खड्का निर्देशक । भावना कोइरालाले लेखेको, सन्तोष श्रेष्ठको संगीतर प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’मा यी तीन फरक भूमिकामा देखिएका हुन् । संघर्षरत गायकको कथालाई लिएर बनाइएको भिडियोमा सन्तोषले संगीतकारकै रुपमा अभिनय गरेका छन् भने मोडल सनमले गायकको भूमिकामा । उक्त म्युजिक भिडियो डिबीले निर्देशन गरेका हुन् ।
    ममता धामी र पदमराज शर्माले समेत अभिनय गरको म्युजिक भिडियोलाई अहिलेका चल्तिका छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन् । अर्जुन पोखरेलले सम्पादान गरिरहेका छन् । डा. अजित शाहले प्रस्तुत गरेको उक्त भिडियो वैशाख १ गते सार्वजनिक हुने बताइएको छ ।

    P1080982 P1080944

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु