• प्रेम सापकोटा ‘सोनु’ ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’बाट सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: २० आश्विन २०७५, शनिबार

    विराटनगर – गीतसंगीतको अत्यन्तै उर्वर भुमी मानिने धौलागिरी अंचल बाग्लुङ जिल्ला को दमेक गाबिस ६ मा बुवा शालिकराम सापकोटा र आमा मनरुपा सापकोटाको कोखबाट ६र२९ मा जन्मिएका गायक तथा सर्जक हुन प्रेम सापकोटा ‘सोनु’। उनै नेपाली गीतसंगीत प्रतिको उनको यो योगदान संघर्ष र गीतसंगीत प्रतिको यो लगाब को कदर गर्दै सातौं म्युजिक खवर म्युजिक अवार्ड २०७५ का अवसरमा ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’बाट सम्मान गरिएको छ ।

    विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको ७औं म्युजिक खबर म्युजिक अवार्ड कार्यत्रममा प्रेम सापकोटा सोनु ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’बाट सम्मान गरिएको थियो । बिध्यार्थी जिवनदेखिनै सांगीतिक क्रियाकलाप मा अत्यन्तै रुचि राख्ने र सहभागिता जनाउने प्रेम संग स्थानीय स्तरमा हुने हरेक सांगीतिक र साहित्यिक कार्यक्रम हरुमा दोस्रो हुन न परेको अनुभव छ ।

    गाउमै १०ं२ सम्मको अध्यन सकायपछी बाकी अध्यन र सांगीतिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाउने उदेश्यले २०६७ सालमा मोफसल देखि काठमाडौ भित्रीएका प्रेम लाई सांगीतिक यात्रा अगाडि बढाउन भने उनले सोचेकै जति सहज भएन तर पनि उनी निराश भने भएनन् ।

    २०६८ सालदेखि दोहोरी साँझमा गीत गाउँदै अनौपचारिक सांगीतिक यात्रा शुरु गरेका प्रेमले यसैबीचमा पहिलो गीत पापी न भने रेकर्ड गरि आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा अगाडि बढाएका थिए । दोहोरी साझमा दुःख गर्दै आफ्नो अध्यन लाई निरंतरता दिदै दुःख सुख पापी न भने बाटो फरक भो, सानू तिमिलाइ खोज्दै ,फेस्बुकमा बमम भैयो लगायत का केहि गीतहरू आफ्नो आवाजमा सांगीतिक बजारमा ल्याए ।

    अन्ततः काठमाडौ को दोहोरी साझको कमाइले उनको बाकी सांगीतिक यात्रा अगाडि बढ्ने र आफ्ना आवस्यकता हरु पूरा हुने अवस्था न देखियपछी उनी जापान पुगे । बिगत ३ बर्ष देखि जापान लाई कर्मथलो बनाउदै आएका प्रेम को सांगीतिक यात्रा ले जापान पुगेपछि अझै निखारता र पुर्णता पायो ।

    हालसम्म २ दर्जन बढी गीतहरू मा आफ्नो आवाज दिएका प्रेम गायन को अलावा सिर्जना मा पनि उत्तिकै अब्बल देखिन्छन् भने केही गीतहरू मा उनी आफै अभिनय र निर्देशन समेत गरेका छन् । मायाको घैला, यस्तै छ बाबा,दुनियाँ को नजरमा, आइफोनको रुख, जापानी रेल, मरे बराबर, परदेशी दिदी, सुन्तला कुहिए गाउमा, बच्चाको साथी, लगायत उनको स्वर र सिर्जनामा सांगीतिक बजारमा आएका थुप्रै गीतहरू ले राम्रो चर्चा संगै सफलता पाएका छन् ।

    संसार कै ब्यस्त देश जापान मा रहेर काम गर्दै नेपाली गीतसगीतको यात्रा निरंतरता दिन सहज छैन । प्रेमको बाँकी सांगीतिक यात्रा अझै सफल रहोस् हाम्रो शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु