
पुष ७, काठमाडौं । लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका लाेकदाेहाेरी गायक तथा सर्जक पशुपति शर्माले धार्मिक गीत बजारमा ल्याएका छन् । गीतमा स्वरमा साथ दिएकी छिन पछिल्लाे समय अत्यन्तै रुचाइएकी लोक दोहोरी गायिका सम्झना भण्डारीले ।
पशुपति शर्मा र सम्झना भण्डारीको भजन गीत भगवान कै नाममा यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । पृथ्वी ईन्टरटेन्मेंटको प्रस्तुति रहेको उक्त भजनको निर्देशन छायांकन दुर्गा पौडेलले गरेका हुन् ।