• बंगलादेशमा नचाए नवीनले

    म्यूजिक खबर
    प्रकाशित: १४ कार्तिक २०७१, शुक्रबार

    काडमाडौं, १४ कार्तिक । गायक नविन पौडेलले कार्यक्रममा सहभागी भएका विभिन्न देशका अतिथिहरुका सामु लोकदोहोरी गीत गाएर नचाउन सफल भएका छन् । तेश्रो अन्तर्राष्ट्रिय रोट्रयाक युनेक्सको एडभेन्चयुर क्याम्प एण्ड कल्चर एक्सचेन्ज कार्यक्रममा नचाएका हुन् । बंगलादेशमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गायक नवीन पौडेलले बंगाली भाषाको गीत प्रस्तुत गर्दा सहभागी सबै नाचेका थिए । नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश पुगेका नवीन पौडेलको प्रस्तुतिले स्मरणीय क्षण बनाएको कार्यक्रममा उपस्थितहरुले बताएको पौडेलले म्यूजिक खबरलाई बताए । कार्यक्रम रोट्रयाक क्लब अफ चित्तागोंगले आयोजना गरेको थियो ।

    nabin poudel navinp

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु