• बिरामी भएर थलिएका गायक लामिछानेलाई दिपक–दिपाको सहयोग

    म्यूजिक खबर
    प्रकाशित: १२ मंसिर २०७३, आईतवार

    deepakraj-giri

    काठमाण्डौ । कलाकारलाई राष्ट्रको गहना भनिन्छ । दुःखको कुरा तर नेपालको परिपेक्षमा यो लागु हुन सकेको छैन । उमेर रहुन्जेल र शरीरले सकुन्जेल कलाकारीतामै आफ्नो जीवन बिताएका धेरै ठुला ठुला कलाकारहरुको उतरार्ध जीवन साह्रै कष्टप्रद भएको तितो अनुभव हामीमाझ बग्रेल्ती छन् । राष्ट्रको गहना मात्र भएर के गर्नु राष्ट्रले नै उपहास गरेपछि यस्तै भएको छ पछिल्लो समयमा लोकगायक बुद्धिकृष्ण लामिछानेको जीवनमा पनि । ‘पिंढीमा बसेर, मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर’ ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर’ ‘बाखरी बाखरी’ जस्ता दर्जनौं अजम्बरी गीतका गायक बुद्धिकृष्ण लामिछाने पाँच वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचापले थलिएर हिंड्डुल समेत गर्न सक्ने अवस्थामा छैनन् ।

    अचनाको पिर अचनाले नै बुझ्छ भने बिरामी भएर थलिएका लोकगायक बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि कलाकारबाट नै आर्थिक सहयोग मिलेको छ । दीपकराज गिरी र दीपाश्री निरौला लगायत सुपरहिट चलचित्र ‘छक्का पञ्जा’ को टोलीले उनलाई रु ५० हजार सहयोग गरेको हो । नगरकोट नगरपालिका बागेश्वरीस्थित लामिछानेको निवासमै पुगेर पुगेका कलाकारद्वय गिरी र निरौलाले सहयोगी हात फैलाएका हुन् । तथापि राज्यस्तरबाट गायक लामिछानेलाई यतिञ्जेल कुनै सहयोग मिल्न सकेको छैन ।

    सहयोगी मनका धनी दिपक र दिपाले नेतालाइ पर्दा त राज्यले हेर्छ, कलाकारलाई कसले हेर्ने ? भन्दै दुखेसो पोखे र भएको सम्पत्ति बेच्दै स्वास्थ्योपचार गर्नु पर्ने अवस्था आउन नहुने पनि बताए भने सहयोग ग्रहण गर्दै गायक लामिछानेले आफूलाई कलाकारले सहयोग गरे पनि राज्यस्तरबाट हालसम्म कुनै सहयोग नभएको गुनासो गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु