• बैरागीले सार्वजनिक गरे मलेसियाको ‘चेसुङ’

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७३, शुक्रबार

    काठमाडौं । रोजगारीको सिलसिलामा मलेसियामा रहेका केही युवा मिलेर तयार पारेको ‘चेसुङ’ लाई कवि बैरागी काइँलाले सार्वजनिक गरेका छन् । ‘चेसुङ समूह’ नाम दिएर संगठित भएका ती युवाको ‘चेसुङ’ अर्थात् कोसेलीलाई राजधानीमा एक समारोहबीच सार्वजनिक गरेका हुन् ।

    chesung
    ‘चेसुङ समूह परियार’ का सुवास केरुङ ‘नुनाम’, राम नेयोहाङ लिम्बू, विक्रम चेम्जोङ लिम्बू, प्रकाश पियाक लिम्बू, वसन्त लिम्बू ‘सिक्कुम’ र मञ्जु खुदाङ लिम्बूको लगानी तथा शब्दरचना रहेको एल्बममा विभिन्न गायक÷गायिको स्वर सुन्न सकिन्छ ।
    एल्बम ‘चुसुङ’ मा कतिञ्जेल, हाँसो खुसी, वारिपारी र दुई लिम्बू भाषाको आनी याक्थुङ्सा र नालिगेन् फुङ्वा बोलको गीत रहेका छन् । जसमा कुशल थलङ, खगेन्द्र पन्धाक र इमाहाङ सेत्लिङको संगीत छ भने स्वर मेलिना राई, कुशल थलङ, भीम लिम्बू, जशोदा सुब्बा, सुनिता थेगिम र सिता सिंगकको रहेको छ । यस एल्बमलाई इना क्यासेटले बजार व्यवस्थापन गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु